ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

चिकित्सा अभ्यास र अनुभवको आदानप्रदान

१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार

बुटवल, १५ बैशाख । चिकित्सा पेशाको गरिमा बढाउने स्वयं चिकित्सकहरू दीर्घकालिन सोचका साथ रचनात्मक अभियानलाई जोड्नुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरूले सुझाव दिएका छन । देशका बिभिन्न स्थानमा गर्दै आएका चिकित्सा अभ्यास र अनुभवलाई एकआपसमा साट्ने, अन्तरक्रिया गर्ने र नया सिकाई हुने जस्ता विषयमा चिकित्सकहरू नै लाग्नुपर्ने कार्यक्रमका बक्ताहरूले सुझाव दिए ।

लुम्बिनी इन्टरनल मेडिसिन सोसाईटीको आयोजनामा शुक्रबार भएका अन्तरक्रिया कार्यक्रमको वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सुर्दशन धितालले उद्घाटन गर्दै चिकित्सा पेशा आफैमा सामाजिक उत्तरदायित्व बहन गर्ने पेशा भएको बताए । चिकित्सक समुदायभित्रकै सदस्य भएको हुदा त्यहा आफनो भुमिकालाई फराकिलो बनाउनुपर्ने उनले सुझाव दिए ।

विशेषज्ञ चिकित्सकहरू बिचमा वार्षिक कार्ययोजना बनाएर चिकित्सा शिक्षालाई बाड्ने गरि कार्यक्रमहरूलाई अगाडी बढाएको सोसाईटीका महासचिव डा सरोज थापाले बताए । पछिल्लोसमय देशभर चिकित्सक र सेवाग्राहीका बिचमा बढेको द्धन्द्ध उत्पत्ति बारेमा खोज गर्ने र यसको न्युनिकरण गर्ने गरि अभियानहरूलाई प्रदेशमा गरिने उनले बताए । कमीकमजोरी खोज्ने र त्यसको समाधानमा लाग्नुपर्नेमा संस्थागत रूपमा जोड दिएको उनले बताए ।

कार्यक्रममा वरिष्ठ हृदय रोग विशेषज्ञ डा. यादव भट्टले मुटु रोग र यसको सुरक्षाका बारेमा जानकारी दिदै मानिसहरूको आम दैनिकीसंग मुटुको सम्बन्ध हुने बताए । नियमित ब्यायाम र खानपिनमा ध्यान दिन सके मुटु ठिक हुने तर्क दिदै उनले बेलामा सजग हुनु बुद्धिमानी हुने सुझाव दिए ।

कार्यक्रममा छाती रोग विशेषज्ञ डा. विदेश विष्टले दम रोग र अहिलेको उपचार विधि स्मार्ट थेरापीबारे प्रकाश पारे । दम रोगअन्तर्गत छाताभित्र सीओपीडी, क्रनिक ब्रोन्काइटिस, आजमा (मौसमी खोकी), टिबी र निमोनिया (संक्रामक रोग) आदि पर्छन् । यसको उपचारमा आएको नया विधिहरूबारे जानकारी दिए ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कंडेलले ज्येष्ठ नागरिकमा अल्जाइमर्स रोग देखिने गरेको बताए । उमेर जति ढल्किदैं जान्छ यो रोग लाग्ने सम्भावनासमेत बढ्दै जाने र संख्याको हिसाबले कूल जनसंख्याको ४ प्रतिशतमा मस्तिष्कसम्बन्धी बिर्सने समस्या देखापर्ने उनले बताए । ८५ वर्षभन्दा माथिका मानिसहरूमा भने करिब ४० देखि ५० प्रतिशत यो रोग हुने सम्भावना रहने भन्दै उनले जति उमेर ढल्दै जान्छ अल्जाइमर्सको सम्भावना पनि बढ्दै जाने बताए ।

यसैगरि टियुका ईन्टेसिप हेड डा सुभाष आचार्यले बुटवल र काठमाडौ क्षेत्रमा उपचारको क्रममा आउने समस्याहरू र समाधानबारे छलफलबाट धेरै फाईदा मिल्ने बताउदै यसलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा सोसाईटीका अध्यक्ष डा विष्णु पौडेलले चिकित्सकहरू नै समाज गठन गरि चिकित्सा शिक्षा आदानप्रदानको महत्वपूर्ण कार्यमा लागेको बताउदै चिकित्सा पेशालाई ब्यवस्थित बनाउने गरि सरकारबाट स्पष्ट नीति नियम, भौतिक पूर्वाधार र उपकरण, कार्यक्रम र बजेट, जनशक्ति व्यवस्थापन, औषधि व्यवस्थापन, बिरामीमैत्री सेवा प्रवाह, स्वास्थ्य सूचना प्रणाली, पारिश्रमिक र सेवा सुविधाबारे जोड दिनुपर्ने बताए ।
कार्यक्रममा रूपन्देही जिल्लाका विभिन्न विशेषज्ञ ८० चिकित्सकहरू छलफल कार्यक्रममा सहभागी भएका सोसाईटीका वरिष्ठ उपाध्यक्ष डा. नन्दु पाठकले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?