ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

पढ्दै, सिक्दै, रमाउँदै

१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार

सल्यान, १५ बैशाख । छत्रेश्वरी गाउँपालिका वडा नं ३ स्थित गोरखनाथ आधारभूत विद्यालयका भाषा शिक्षक सरिता योगीको अनुभवमा बालमैत्री बसाई व्यवस्थापन संगै पाँच तत्वमा आधारित पढाई पद्धती लागू भएपछि विद्यालयमा विद्यार्थी संख्या बढ्दो छ । विगतमा प्रारम्भीक कक्षामा विद्यार्थीलाई अक्षर चिनाउन उनले धेरै संघर्ष गर्नुपयो । तर पनि अपेक्षाकृत सफलता पाउन सकिएन । तर विद्यालयमा साक्षरता कार्यक्रम लागू भएपछि प्रत्यक्ष अनुभूति हुनेगरी धेरै परिवर्तन भएको छ । निजी विद्यालयबाट समेत विद्यार्थी आफ्नो विद्यालयमा फर्किएको साक्षरता कार्यक्रम लागू भएका विद्यालयका शिक्षकहरू बताउँछन् ।

पछिल्लो पटक स्थानीय तहहरूको आफ्नो ५० प्रतिशत साझेदारी हुनेगरी जिल्लाका ६८ वटा सामुदायीक विद्यालयहरूमा साक्षरता कार्यक्रम सञ्चालन भइरहेको छ । रुम टु रिड (पढ्नका लागि कोठा) र स्थानीय तहहरूको साझेदारी एवम दलित विकास सल्यानको स्थानिय सहजीकरणमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ ।

अहिले सल्यान स्थित श्रीनगरमा साक्षरता कार्यक्रम लागू भएका विद्यालयका भाषा शिक्षकहरूलाई कक्षा १ को पुनर्ताजकी तालिम सञ्चालन भइरहेको छ । यही बैशाख ९ देखी १२ सम्म एकिकृत पाठ्यक्रममा आधारित भएर नेपाली विषयको पठन सीपका तत्वहरू बारे कक्षा २ को लागि अभिमुखीकरण गरिएको थियो । विहिबारबाट सुरु भएको कक्षा १ को लागि पुनर्ताजकी तालिम १५, बैशाख सम्म सञ्चालन हुने छ । कक्षा १ को पुनर्ताजकी तालिममा छत्रेश्वरी गाउँपालिकाका ६ वटा विद्यालयका भाषा शिक्षकहरू सहभागि छन् । यस्तै बागचौर नगरपालिकाका ९, त्रिवेणी गापाका ६ रदार्मा गापाका ३ विद्यालयका भाषा शिक्षकहरू सहभागि छन् । तालिममा सहभागि शिक्षकहरू विद्यालयमा प्रारम्भिक कक्षामा पढाइ लेखाइ कार्यक्रम र प्राथमिक कक्षा लक्षित पुस्तकालय कार्यक्रमले विद्यार्थीको पठनसीप र पढ्ने बानीको विकासका लागि टेवा प्रदान गरिरहेको बताउँछन् । शिक्षकको क्षमता विकासका लागि तालिम, कक्षाकोठा तथा पुस्तकालय केन्द्रित गतिविधिलाई चुस्त दुरुस्त राख्नका लागि सहजकर्ताबाट नियमित अनुगमन तथा सहयोगले विद्यालयमा साक्षर वातावरण सिर्जना गर्न मद्दत पुगेको छ ।

तालिम प्राप्त गरेपछि आफुमा पेशागत सीप विकास भएको तथा ध्वनी सचेतीकरण, अक्षर चिनारी, शव्द भण्डार, पठन प्रवाह र बोध गरेर पढाईका ५ तत्वहरू समेटी कक्षा शिक्षण गरिरहेको भाषा शिक्षकहरू बताउँछन् । विहिबारको तालिम कार्यक्रममा आफ्नो अनुभव साट्दै शिक्षकहरू विमला केसी, गिता केसी, रूपा वली, गिता डाँगी, शोभाराम वली लगाएतले विद्यार्थी इमान्दार, अनुशासीत बनेको उल्लेख गरेका थिए ।

यद्यपी कतिपय विद्यालयमा भौतिक पूर्वाधारको अभाव, विद्यालय भन्दा टाढा घर भएका विद्यार्थी वर्षायाम र जाडोयाममा कम विद्यालय उपस्थित हुने गरेको, शैक्षिक सामग्री व्यवस्थापनमा समस्या आएको उनीहरूको भनाई थियो । सृजनात्मक रूपमा शिक्षणका लागि आफुहरूले घरमा नाच्ने, गाउने सिकेर आउने गरेको शिक्षकहरूको भनाई छ । तालिम कार्यक्रममा पुगेका छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले साक्षरता कार्यक्रमको सकारात्मक परिणाम आएको उल्लेख गर्दै विशेष गरेर शिक्षा क्षेत्रको विकासमा आफुहरूले प्राथमिकताको साथ काम गरिरहेको बताए । साक्षरता कार्यक्रमका कारण वालवालिकाको आनीवानी, व्यवहार र पठन सीपको समेत विकास भई उनीहरूले राम्रो संस्कार सिकेको अनुभुति गरिएको भन्दै विद्यालयमा भौतिक सुधारको कामलाई पनि ध्यान दिएर अघि बढ्ने बताए । श्रीनगरमा जारी तालिममा विद्यार्थी सिकाई परिक्षणको परिणाम सार्वजनिक र समिक्षा भएको छ भने आगामी कार्ययोजना निर्माण कार्य पनि भइरहेको छ । साक्षरता कार्यक्रम लागू भएको एक वर्षपछि ६८ विद्यालयका ६२७ जना विद्यार्थीमा गरिएको सिकाई परिक्षणमा करिव ९५ प्रतिशतले शुद्धसंग अक्षर पढेका थिए, ८० प्रतिशतले शुद्ध संग शब्द पढ्न सकेका थिए भने ७५ प्रतिशतमा राम्रो पठनबोध भएको पाइएको थियो ।

यस्तै साक्षरता कार्यक्रम लागू नभएका जिल्लाका ११ विद्यालयका ५१ विद्यार्थीमा पनि सिकाई परिक्षण गरिएको थियो । जसको नतीजा अनुसार ६४ प्रतिशतले राम्रो संग अक्षर चिन्न सकेका थिए । तर ती विद्यार्थीमा शब्द चिन्न समस्या देखियो । १३ प्रतिशतले मात्रै राम्रो संग शब्द चिन्न सकेका थिए, ३१ प्रतिशतले राम्रो संग पाठ पढ्न सकेका थिए भने २५ प्रतिशतमा राम्रो पठनबोध भएको पाइएको थियो । रुम टु रिडका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोख्रेल, दलित विकास समाजका साक्षरता कार्यक्रम जिल्ला संयोजक टेकराज शाही लगाएतले तालिममा अभिमुखिकरण गरिरहेका छन् ।

प्रारम्भिक कक्षाका बालबालिकामा पढ्ने सिप तथा पढ्ने बानीका लागि उत्प्रेरित गर्दै स्वतन्त्र पाठकका रूपमा विकास गर्नु साक्षरता कार्यक्रमको मूल उद्देश्य रहेको छ । यसका लागि विद्यालयको भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय पठन सामग्री विकास, शिक्षक पेसागत साक्षरता तालिम, वैज्ञानिक पद्धतिमा आधारित पाठ्यपुस्तक तथा शिक्षण विधि र पुस्तकालय स्थापना तथा सञ्चालनका कामहरू भइरहेको वरिष्ठ कार्यक्रम अधिकृत पोख्रेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?