Butwal Today

नगद र सुनसहित पक्राउ परेका ७ अभियुक्त सार्वजनिक

१४ बैशाख २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँमा नगद र सुनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार डेढ किलोभन्दा केही बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित चार नेपाली र तीन भारतीय नागरिकलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ३, टाँटे बस्ने वर्ष ४७ का गणेश दत्त बडु,  झापा बिर्तामोड नपा–३ का ३० वर्षीय दिनेश खरेल, दार्चुला टाटे नपा वडा नं. ३ का २१ वर्षीय आयुष बहु र झापा बिर्तामोड नपा वडा नं. ३ का २२ वर्षीय भातराज खोल छन्।

तीन भारतीय नागरिकमा भारत महाराष्ट्र सांगली आटपाडी थाना ठेगानाका ३७ वर्षीय अमोल विभूत, सोही ठेगानाका १८ वर्षीय ऋषिकेश प्रकाश विभूते र १८ वर्षीय गणेश सतिश वाल्टे छन्।

उनीहरूको साथबाट १७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

काठमाडौँ–२४, दुछेंननी टोलमा केही व्यक्तिले अवैध सुनको कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचना प्राप्त भएपश्चात् गएको प्रहरी टोलीले खोजी गर्दै जाँदा गणेश दत्त बडुसहित उनीहरूलाई उल्लिखित सुन र नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?