ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

औलोको उच्च जोखिममा लुम्बिनी

गत बर्ष नेपालमा २३ जना स्थानीय र ५ सय ५ जना आयातित रोगी देखिएका थिए । स्थानीय भन्नाले स्थानीय स्तरमै लामखुट्टेको टोकाइबाट सरेको रगत परिक्षण गर्दा देखिएको रोग हो भने आयातित भन्नाले भारतबाट फर्केकाहरूमा रगत परिक्षणबाट देखिएका हुन ।
१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार

लमही, १४ बैशाख । बालमृत्यु दर र कुपोषणको उच्च जोखिममा रहेको लुम्बिनी प्रदेश औलोबाट पनि जोखिममा देखिएको छ । नेपालकै कुल औलो रोगीहरू मध्ये ६० प्रतिशात औलोका बिरामी लुम्बिनी प्रदेशमा रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
लुम्बिनीको तथ्यांकले नेपाल सरकारले अगाडीसारेको सन २०२५ सम्म औलो रोग उन्मुलनको रणनीति माथी चुनौती थपिएको लुम्बिनी प्रदेस निर्देशनलयका प्रमुख निर्देशक डाक्टर बिनोद सिह गिरिले बताउँछन् । चालु आर्थिक बर्षको तथ्यांक अनुसार नेपालला १८ जना औलोका स्थानीय र ५ सय ५६ जना बाहिरबाट आएका औलोका रोगी देखिएका छन । जस मध्ये लुम्बिनी प्रदेशमा १० जना स्थानीय र २ सय २१ जना आयातित बिरामी रहेको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डाक्टर गिरिले बताए । लुम्बिनी प्रदेसमा पनि सबै भन्दा बढी बााके र दाङ जिल्ला जोखिममा देखिएको उनले बताए । बाँकेमा १ स्थानीय, १ सय १८ आयातित ,लमहीमा ३ वटा स्थानिय, राप्तिमा १ स्थानीय, रूपन्देहीमा १ स्थानीय लगायत रुकुम बाहेकका सबै जिल्लाहरूमा केहीमा स्थानीय केहीमा आयातित रोगिका बिरामी रहेको उनले बताए ।
स्थानीय भन्नाले स्थानीय स्थरमै लामखुट्टेको टोकाइबाट सरेको रगत परिक्षण गर्दा देखिएको रोग हो भने आयातित भन्नाले भारतबाट फर्केकाहरूमा रगत परिक्षणबाट देखिएका हुन । गत बर्ष नेपालमा २३ जना स्थानीय र ५ सय ५ जना आयातित रोगी देखिएका थिए । गत गतबर्ष भन्दा स्थानीय रोगी केही कमि देखिपनी आयातित भने बदेको देखिन्छ । लुम्बिनी प्रदेसमा कुल ९२ हजार ६ स ५२ जनाको रगत परिक्षण गरिएको डाक्टर सिहले बताए ।

यसै गरि जनवायु परिवर्तनसगै विगतमा तराईमा मात्रै देखिने औलो रोग अहिले पहाड र हिमालसम्म पुगेको तथ्यांक सार्वजनिक भएको छ । सडक यातायातका साथै जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा लामखुट्टे देखिन थालेपछि रोग फैलिन थालेको हो । विभिन्न माध्यमबाट लामखुट्टे हिमाली क्षेत्रमा पुगेर त्यहाँको फोहर, खाल्डाखुल्डीमा वृद्धि हुन थालेको जनाइएको छ ।जोखिम बढेपछि माइक्रोस्कोपी र आरडीटी विधिबाट औलो परीक्षण र उपचारका कार्य भइरहेको खिमलाल पाण्डेले बताए । स्वास्थ्य सेवा निर्देशनालय निर्देशक डा. गिरिले औलो रणनीतिक योजना सन् २०१४–२०२५ अनुसार नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य रहेको बताउँदै त्यसका लागि राजनैतिक प्रतिदद्दता जरुरी रहने बताए ।

सोही लक्ष्यअनुसार लुम्बिनी प्रदेशमा पनि तीव्ररूपमा नियन्त्रणको कार्यक्रम भइरहेकोे बताउँदै उनले औलो परीक्षण गरिएका व्यक्तिहरूलाई झुल वितरण, बिरामी व्यक्ति तथा नजिकका छिमेकीमाथि औलो परीक्षण तथा निगरानी भइरहेको बताए । साथै गिरिले प्रदेश स्वास्थ्य निर्देशनालयले केही नितिगत रूपमा केही कार्यक्रम गरेको बताउदै स्थानीय सरकारलाई जनचेतना अभियान देखि जनस्तरमा सम्म पुग्ने गरि काम गर्न सघबाट बजेट पठाएको बताए । बिहीबार औलि विरुद्धको लडाइलाई तिब्रता दिऔ, समानता मुलक पहुँचको सृजना गरौ भन्ने मुलनारा सहित विश्व औलो दिवश मनाइएको छ ।

 

कपिलवस्तुमा आयातित औंलोका संक्रमित

कपिलवस्तु, १४ बैशाख । नेपाल सरकारले सन् २०२५ सम्म औलों निवारण गर्ने लक्ष्य लिएको भए पनि कपिलवस्तुमा चालु आर्थिक बर्षको ९ महिनामा औंलो संक्रमितको संख्या बढेको छ । चालु आर्थिक बर्षको चैत्र महिना सम्म कपिलवस्तुमा ३३ जना औंलो संक्रमितहरू फेला परेका छन ।
बिश्व औलो दिवशको अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तुले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिईएको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुका भेक्टर कन्ट्रोल निरिक्षक उदयचन्द्र चौरसियाका अनुसार गत आर्थिक बर्ष जिल्लामा १३ जना औलों संक्रमित फेला परेका थिए । जिल्लामा यस बर्ष ३३ जना औंलो संक्रमित फेला परे पनि सबै संक्रमितमा औलोको संक्रमण आयातित देखिएको छ, स्थानीय संक्रमण शुन्य छ । सरकारको लक्ष्य अनुसार तीन बर्ष सम्म स्थानीय संक्रमण शुन्य भएमा औलो निवारण घोषणा गर्न सकिन्छ । सन् २०२५ सम्म देशैभर औलोको स्थानीय संक्रमण शुन्य भएमा मात्रै औलो निवारण घोषणा गर्न सक्ने अवस्था रहन्छ ।

गत आर्थिक बर्षमा लुम्बिनी प्रदेशभर १ सय ८१ औलों संक्रमित फेला परेका थिए । जसमा आयातित १ सय ८० र स्थानिय संक्रमण १ थियो । फेला परेको औलोको स्थानीय संक्रमण बाँके जिल्लाको हो । यस बर्ष फेला परेका संक्रमित मध्य कडा खालको मलेरिया (औंलो) प्लाज्मोडियम फाल्सिपारम हुनेको संख्या ५ जना छ । गत बर्ष सो संख्या २ जना मात्रै थियो । यस बर्ष ५ हजार ७ सय ६७ जनाको औलोंको परिक्षणमा सो संख्यामा संक्रमित फेला परेको चौरसियाले जनाए । आयातित संक्रमण फेला परेकामा मौसमी रोजगारीमा भारतको बिभिन्न स्थानमा श्रम गरेर फर्किने श्रमिकहरू रहेको देखिएको छ । यस अघि भारतको गुजरात र दिल्लीबाट फर्किने व्यक्तिमा संक्रमणहरू बढि पहिचान हुदै आएकोमा अहिले भने अधिकांस संक्रमित भारतको मुम्बईबाट फर्किएका छन ।

नेपाल भारत सिमा जोडिएको र आप्रवासन निरन्तर हुने भएकाले औलों नियन्त्रणमा समस्या पर्ने गरेको स्वास्थ्य कार्यालय कपिलवस्तुका बरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले जानकारी दिए । दुबै देशको सहकार्यमा सचेतना र उपचारका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले आवश्यकता औल्याए । जिल्लामा औंलो संक्रमणको पहचिान बढे सगै सजगता अपनाउन आवश्यक रहेको उनबको भनाई छ ।
सरकारी स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीमा निजी स्वास्थ्य सेवा प्रदायकलाई पुर्ण रूपमा जोड्न नसक्दा अझै पनि पुर्ण तथ्याङ्क आउन नसकेको उनले स्विकार गरे । पूर्ण सरसफाईले पनि संक्रमण नियन्त्रणलाई सहयोग पुग्ने उनले जनाए । सिमा नाकामा संक्रमित पहिचान र परिक्षण गर्न आवश्यक रहेको नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्यले सुझाव दिए । कार्यालयका खोप अधिकृत दिवाकर श्रेष्ठ, क्षयकुष्ठ अधिकृत मोहम्मद ईरफान लगायतले सचेतना प्रवाहमा सञ्चार क्षेत्रको भूमिका महŒवपूर्ण हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?