ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

तीन करोड अड्किदा बिमितको बिचल्ली

सेवा प्रदायक अस्पतालहरूले बीमा सुविधा उपलब्ध गराएबापतको रकम नै पाउन सकेका छैनन् । जसका कारण अस्पतालले नै सेवा दिन नसक्ने अवस्था सृजना हुन थालेको हो ।
१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार

सुनवल, १३ बैशाख । पश्चिम नवलपरासीका स्वास्थ्य बीमा सेवा उपलब्ध दुई वटा अस्पताललाई सरकारले बीमा बापतको रकम भुक्तानी नगर्दा सेवाप्रवाहमै समस्या आएको छ । सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पताल र बर्दघाटमा रहेको चिसापानी अस्पताललाई बीमा बापतको झन्डै तीन करोड सोध भर्ना गर्न बाँकी छ । भुक्तानी नपाएपछि अस्पतालको सेवाप्रवाहमै असर परेको पृथ्वी चन्द्र अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किरण पाण्डेले बताए ।

पृथ्वी चन्द्र अस्पताललाई स्वास्थ्य बीमा बोर्डले बीमा बापतलको १ करोड ९० लाख रूपैयाँ भुक्तानी गर्न बाँकी छ । गत आर्थिक वर्ष पनि प्रत्येक महिनाको खर्चको आधारमा पुरा भुक्तानी भएको छैन्, चालु आर्थिक वर्ष सुरु भएपछि त हाल सम्म कुनै रकम अस्पतालको खातामा आएको छैन्, मेसु पाण्डले भने । बीमा बापतको रकम भुक्तानी नहुँदा कर्मचारीहरूको तलब भत्ता, औषधी खरिददेखि ल्याबको लागि आवश्यक केमिकल समेत खरिद गर्न समस्या भएको छ ।

आवश्यक औषधि समेत रकम अभावकै कारण तत्कालै खरिद गर्न नसक्दा बीमावाला बिरामीलाई पनि निःशुल्क औषधि वितरण गर्न नसक्ने अवस्था सृजना भएको डाक्टर पाण्डेले बताए । औषधि तथा विभिन्न केमिकल खरिदका लागि टेन्डर आह्वान गर्ने हो, समयमा भुक्तानी हुन नसक्दा सप्लायर्सले पनि समयमै समान दिँदैन्, निकै समस्या भएको छ, डाक्टर पाण्डेले गुनासो गरे ।

पृथ्वी चन्द्र अस्पतालमा बीमावहाक बाहेकका बिरामी पनि आउने भएकाले हालसम्म सुचारु रूपले सेवाप्रवाह गर्न सकिएको अस्पताल प्रशासनले जनाएको छ । बीमावहाक बाहेकका बिरामीले भुक्तानी गर्ने रकमले जेनतेन सेवाप्रवाह भईरहेको पाण्डेको भनाइ छ । पृथ्वी चन्द्र अस्पतालमा अहिले बिरामीको चाप पनि बढेको छ । सबै बिरामी बीमावहाक हुने हो भने त बीमा सेवा बन्दनै गर्नुपर्छ तर ३० प्रतिशत बढि बीमा नभएका बिरामी उपचारका लागि आउने भएकाले उनीहरूले तिर्ने शुल्कको आधारमा अस्पताल चल्न सकेको हो, निमित्त मेसु पाण्डेले भने ।
उता बर्दघाटमा रहेको चिसापानी अस्पतालले पनि बीमा बापतको १ करोड बढि रकम सोधभर्ना बापत पाउन बाँकी छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट मन्जिला घिमिरेले बीमा बापतको रकम भुक्तानी नहुँदा बीमा सेवानै बन्द गर्नुपर्ने अवस्थाको सृजना भएको बताईन । चिसापानी अस्पतालमा गत आर्थिक वर्षको आंशिक मात्रै भुक्तानी भएको छ भने चालु आर्थिक वर्षको १० महिनाको पुरा भुक्तानी बाँकी रहेको छ ।

दुवै अस्पतालले स्वास्थ्य बीमा बापतको सोधभर्ना रकम तत्कालै पठाउन पटक पटक ताकेता गरेपनि स्वास्थ्य बीमा बोर्डले चासो नदिएको अस्पतालहरूको गुनासो छ । अब पनि आंशिक भएपनि भुक्तानी नभए अस्पतालले खर्च धान्न नसकेर बिमा सेवा बन्द गर्नुपर्ने बाध्यता सृजना हुने देखिएको छ ।

सरकारले २०७२ सालबाट स्वास्थ्य बिमाको सुरुवात गरेको थियो । सेवा सुरु भएको स्वास्थ्य बिमाको ८ वर्ष बितिसक्दा समेत बिरामीले बिमाबापतको उपचारमा समस्या बेहोर्दै आइरहेका छन् भने सेवा प्रदायक अस्पतालहरूले बीमा सुविधा उपलब्ध गराएबापतको रकम नै पाउन सकेका छैनन् । जसका कारण अस्पतालले नै सेवा दिन नसक्ने अवस्था सृजना हुन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?