ट्रेंडिंग:

>> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने

पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी

१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार

नवलपुर, १३ वैशाख ।

पुर्वी नवलपरासीमा सोमबारदेखि फैलिएको आगो अहिले जिल्लाका एक सय ५० बढी स्थानका जँगलमा लागेको छ । सोमबार दिउँसोदेखि फैलिएको आगलागी जिल्लाका आठै पालिकामा रहेको वन जंगलमा डढेलोका रुपमा फैलिएको छ ।

पुर्व–पश्चिम राजमार्गको दायाँबायाँ रहेको जँगलमा र कालीगण्डकी करिडोरको आसपास बुलिङटार, बौदीकाली गाउँपालिकाको ८० बढी जँगलमा सोमबार साँझदेखि फैलिएको आगो अहिले सम्म पनि दन्किरहेको बुलिङटार गाउँपालिकाका वडा नं. ३ का पुर्व वडाध्यक्ष यमबहादुर झेँडी मगरले बताए ।

कालीगण्डकी करिडोरको ढोंडनी, भोक्रोफाँट, गडम्दी, कोटथर, डाँडाझेरी बुलिङटार हुँदै बौँदीकालीका सबै जंगलमा आगो फैलिएको जिल्ला वन डिभिजनल कार्यालयका सूचना अधिकृत समिर लम्सालले बताए ।

पहाडी क्षेत्रमा फैलिएको आगलागीबाट कुुनै मानवीय क्षति भने नभएको र अहिले त्यस क्षेत्रमा प्रहरी समेत परिचालन गरी सम्भाबित घटनाबाट बचाउन आवश्यक कार्यहरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माले बताए ।

पहाडी क्षेत्रमा स्थानीयले समेत गस्ती गरी डढेलो गाउँबस्तीमा नपसोस् भन्ने उद्देश्यले काम गरिरहेका बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले बताए । गैंडाकोट नगरपालिकाको ५५ भन्दा बढी ठाउँका जँगलमा डढेलो लागेको छ ।

उता मध्यविन्दु नगरपालिका १४ चनौटे र सुर्खा गाउँमा भिषण आगलागी भएको छ । मध्यविन्दु १४ को सुर्खा जंगलमा सोमबारदेखि भएकोे आगलागीले १२ घर गोठ जलेर नष्ट भएको प्रहरी निरीक्षक साजन कुमार शर्माले बताए । शर्माका अनुसार आगलागीबाट चनौटेका सात र सुर्खाका पाँच घरगोठ जलेर नष्ट भएको छ ।

आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ वर्षीय गंगाप्रसाद घिमिरे घाइते भएको शर्माले बताए । आगलागीमा परी मध्यविन्दु १४ का नवलसिंह ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन र नगद एक लाख ६० हजार, भोगीराम ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन, चारवटा कुखुरा, टेकबहादुर क्षेत्रीको घरगोठ, लत्ताकपडा भाडा वर्तन, तीनवटा बाख्रा, कर्मसिंह सोमैको घरगोठ, लत्ताकपडा, भाँडावर्तन पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

त्यसैगरी खमबहादुर बारघरेको बाख्राको गोठ, लत्ताकपडा अन्नपात, हस्तबहादुर ढेंगाको बाख्रा गोठ, लत्ताकपडा अन्नपात र श्रीलाल सोमैको बाख्रागोठ लत्ताकपडा अन्नपात पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी निरीक्षक शर्माले बताए ।

त्यसैगरी मध्यविन्दु १४ सुर्खामा टेकबहादुर सोमै मगरको गोठ, लत्ताकपडा, कमानसिंह सोमै मगरको गाइगोरुको गोठ, लत्ताकपडाअन्नपात, थेबेल सिसंह लम्कामगरको गाईबाख्राको गोठ, गोरु एउटा, बाख्रा तीन वटा, भैसी एक, रणबहादुर सोतीको गोठ र आइतसिंह सोमैको गोठ जलेर नष्ट भएको छ ।

अहिले पनि जिल्लाका सामुुदायिक वन र सरकारी वन क्षेत्रमा व्यापक रुपमा डढेलो लागिरहेको छ । स्थानीय प्रशासनले प्रहरी, नेपाली सेना, सशस्त्रलाई ‘अलर्ट’ मा राखेको जनाएको छ । जिल्लाका दुई सय बढी जंगल क्षेत्रमा लागेको आगो नियन्त्रणमा आउन समय लाग्ने जिल्ला वन डिभिजनल कार्यालयका सूचना अधिकृत लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?