ट्रेंडिंग:

>> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन

उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार

१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार

आकाश सुवेदी
गुल्मी, १० वैशाख ।

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका ४ दिगाम अमराईका २१ वर्षीय सुनिल सोमरेको उपचार गराउँदा नै सवै सम्पत्ति सकिएपछि उनको परिवार आर्थिक समस्यामा परेको छ । सुनिलको २०७५ सालमै दुवै मृगौला फेल भएपछि सोमरे परिवारले सवै सम्पत्ति उनको उपचारमा खर्च गरिसकेको छ ।

सवै सम्पत्ति सकिँदा पनि सुनिल अझै सञ्चो भएका छैनन् । जसका कारण उनको परिवारले आर्थिक सहयोग गरिदिन सवैसंग अनुरोध गरेको छ । आदर्श मावि दिगाममा कक्षा ८ मा पढ्दै गर्दा उनमा मृगौलाको समस्या देखिएको थियो । सोमरे परिवारको आशाको किरण रहेको सुनिल मृगौला रोगका कारण अस्पतालमा उपचारार्थ छन तर पैसाको अभावमा उनको उपचारमा समस्या भएको छ ।

सुनिलका बुबा हरिबहादुर सोमरेले छोरालाई पढाएर ठूलो मानिस बनाउने सपना बुनेका थिए तर सुनिलमा एक्कासी मृगौलाको समस्या देखिएपछि सोमरे परिवार छाँगाबाट खसेजस्तै भएको छ ।

स्थानीय फर्निचर उद्योगका काम गर्दै आएका सुनिलका बुबा हरिबहादुरले सुनिलको उपचारमा अहिलेसम्म १०–१२ लाख खर्च गरिसक्दा पनि सुधार नभएपछि चिन्तित बनेका छन । पैसा हुञ्जेल काठमाण्डौं लगेर उपचार गराएपनि अहिले पैसाको अभावमा सुनिलको उपचार पनि प्रभावित भएको छ ।

सुनिलका बुबा हरिबहादुर भन्छन्– “भएको सवै पैसा सकियो, छोराको स्वास्थ्यमा सुधार आएको छैन, अहिले सकिनसकी गुल्मी अस्पतालमा डायलासिस गराईरहेका छौं ।”

डायलासिस गराउन पैसा नलागेपनि हप्तामा दुई दिन तम्घास अस्पताल आउन जान यातायात खर्च समेत निकाल्न सक्नै अवस्था नरहेको सुनिलका हरिबहादुरको गुनासो छ ।

हरिवहादुरको सपना थियो– एकदिन छोरालाई पढाएर ठूलो मान्छे बनाउने । तर उनको सपना बिपना बन्न सकेन । उल्टो छोराको उपचार गर्दा गर्दै सवै सम्पत्ति सकिँदा पनि छोरालाई बचाउन नसकिने हो कि भन्ने चिन्ता उनमा छ ।

मृगौला जस्तो ठूलो रोग लागेको अवस्थामा सरकारले निशुल्क उपचारको व्यवस्था गरिदिएको भए आज हरिबहादुर सोमरेको परिवारले आर्थिक अभावमा छटपटिनु पर्ने थिएन । हरिबहादुर भन्छन–गरिव भएकै कारण उपचार नपाएर कसैको ज्यान जाने अवस्था नहोस् । सरकारले गरिव परिवारलाई हेर्नुपर्ने सोमरे परिवारको भनाई छ । आर्थिक अवस्था कमजोर भएकोले सोमरे परिवारले सवैसंग आर्थिक सहयोगको अपिल गरेको छ ।

बीर अस्पतालले समेत सुनिलको हप्तामा दुईपटक डायलासिस गर्नुपर्ने र उनको आर्थिक अवस्था नाजुक भएकोले सहयोग गरिदिन सवैसंग अनुरोध सहितको पत्र लेखिदिएको छ । हरिवहादुरले आफ्नो शाईन रेसुङ्गा डेभलपमेन्ट खाता नम्बर ०१२००७००५६३७६००००००१ मा पैसा पठाएर सहयोग गरिदिन अनुरोध समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?