Butwal Today

इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि

१२ बैशाख २०८१, बुधबार
अ+
अ-

काठमाडौं,१२ बैशाख । इलाम २ र बझाङमा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन।

वैशाख १५ गते हुने निर्वाचनका लागि राति १२ बजेदेखि प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न पाइँदैन । वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ।

प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं २ मा १९ र प्रदेश सभातर्फ बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।