ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला
देववाणीमा बदलिएको विद्याथी भर्नाः

पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन्

तानसेन नगर भित्रका १७ वटा सामुदायिक र ५ वटा निजी विद्यालयहरू बिच विद्यार्थी भर्नाका लागि प्रतिस्प्रर्धा नै चलेको छ । विद्यार्थी भर्ना सँगसँगै नगरका ग्रामीण क्षेत्रका वडाहरूमा आकर्षक सुबिधा अन्तर्गत छात्रवृत्ति सुबिधा सहित यातायात सेवाको सुविधा दिने आश्वाशन लिएर बस्ती बस्तीमा पुग्ने गरेका छन् ।
११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार

पाल्पा, १० वैशाख । तानसेन म्यालधाराकी मिना पराजुलीको घरमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै नगर भित्रका शिक्षकहरू बच्चालाई आफ्नो विद्यालयमा भर्ना गरिदिनु भन्न आउने गरेको भिड नै लाग्ने गरेको बताउँछिन । नयाँ शैक्षिक सत्रको थालनी भएसँगै पराजुलीको घरमा जस्तै काजी पौवाकी लक्ष्मी रानाको घरमा समेत सामुदायिक र निजी विद्यालयका शिक्षकले आफ्नो विद्यालयमा बच्चा भर्ना गराउन भन्न आउनेहरूले हैरानी नै गराएको बताउँछिन ।

नयाँ वर्षको थालनीसंगै विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । विद्यालयहरूका शिक्षक अभिभावकहरू आफनो आफनो विद्यालयहरूका विद्यार्थीको सख्या र भर्नादर वृद्धि गराउनका लागि घर दैलो कार्यक्रमको थालनी भएको छ । नगरको चण्डी भज्याड्डका मान बहादुर रेग्मी पनि नयाँ शैक्षिक सत्र सुरु भएपछि दैनिक रूपमा तिन वटा समुह बच्चालाई आफ्नो विद्यालयमा भर्ना गराउन भन्न आउनेहरू आएको बताउँछन ।

तानसेन नगर भित्रका १७ वटा सामुदाकिक र ५ वटा निजी विद्यालयहरू बिच विद्यार्थी भर्नाका लागि प्रतिस्प्रर्धा नै चलेको छ । विद्यार्थी भर्ना संगसंगै नगरका ग्रामीण क्षेत्रका वडाहरूमा आकर्षक सुविधा अन्तर्गत छात्रवृद्धी सुविधा सहित यातायात सेवाको सुविधा दिने आश्वाशन लिएर बस्ती बस्तीमा पुगेको जनता नमुना माविका एक शिक्षकले बताए ।

सरकारले यस वर्ष सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता भन्ने तय गरेको नारा लिएर आफना विद्यालयका विषेशता बताउदै दैनिक रूपमा समुह समुहको रूपमा शिक्षकहरू आउने गरेको अभिभावकहरू बताउछन । यस वर्ष पनि विगतका वर्षहरूमा जस्तै औपचारीक तथा अनौपचारीक रूपमा र केही विद्यालयहरूले सामाजिक संजाल मार्फत आफनो विद्यालयहरूको प्रचार प्रसार गरेको सेन माविका शिक्षकहरू बताउँछन । बजार भित्रका बच्चा भएको घर घरमा विद्यालयका शिक्षक नपुगेको कुनै घर नभएको उनी बताउँछन ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै बिहानदेखि बेलुका अवेरसम्म शिक्षकहरू विद्यार्थीलाई भेटन विद्यार्थीका घर घरमा पुगेको अनुभव न्यु होराइजनका एक शिक्षकले बताए । जिल्लाको जनसंख्या र जनघनत्व ऋणात्मकको परिमाण जिल्लाका विद्यालयको विद्यार्थीको संख्या पनि घट्दो अवस्थामा रहेको कारण भर्ना अभियानमा प्रतिस्पर्धा भएको मोहन कन्याका प्र.अ दिपक ज्ञवाली बताउँछन । नगर भित्रका विद्यालयहरूका शिक्षक, विद्यालय व्यवस्थापन समिती सहित भर्ना अभियानलाई प्रतिस्पर्धाका रूपमा संचालन गर्दा नगर कै देववाणी संस्कृत तथा साधारण मा.विका शिक्षक तथा अभिभावक भने कही कतै विद्यार्थी भर्नाका लागि भनेर घर दैलो कार्याक्रम नगरेको विद्यालयका प्रधानाध्यापक कृष्ण थापा बताउँछन ।

नयाँ शैक्षिक सत्रमा विद्यार्थी खोज्न घरघर जाने होइन ? विद्यालय राम्रो भए विद्यार्थी विद्यालय खोज्न आफै आउँछन । आफनो विद्यालयका शिक्षक तथा अभिभावकहरूले घरदैलो कार्यक्रम नगरेको धेरै वर्ष भएको उनीले बताए । विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूमा पेशा प्रतिको इमान्दारीता, नेतृत्वमा ईच्छा शक्ती भए बालबालिकाहरूमा यस विद्यालय प्रति आकर्षण बढ्दै जाँदा अभिभावक समेत लालाहित हुनु स्वाभाविक भएको प्रधानाध्यापक थापा आफ्नो अनुभव सुनाउँछन ।

कक्षा कोठामा हुने पठनपाठनमा सबै भन्दा बढि प्रयोगात्मक अभ्यास बढि भएका कारण सिकाई उपलब्धी बढि हासिल भएका कारण घर घरमा विद्यार्थी खोज्न जान नपरेको उनको दावी रहेको छ । यस विद्यालयमा यस वर्ष पनि झण्डै पाँच सख्याको सख्यामा विद्यार्थी रहेका छन । विद्यार्थीको सँख्या अनुरूप विद्यालयको भौतिक पूर्वाधार नै छैन । विगत पाँच वर्ष यता विद्यालयको आन्तरिक श्रोतबाट खर्च गर्न गरी व्यक्तिको जमिन भाडामा लिएर पाँच वटा कक्षा काठहरू निर्माण गरेको यस विद्यालयका शिक्षकहरू बताउँछन ।

यस विद्यालयको विगतको अवस्था कहाली नै लाग्दो थियो तर पछिल्ला वर्षहरूमा सफल, सक्षम नेतृत्वको कारण विद्यालयको अवस्थामा आकाश जमिन फर भएको शिक्षा समन्वय इकाइका प्रमुख महेन्द्र सुवेदी बताउँछन । सरकारले विद्यालयको लागि भवन निर्माणका लागि जमिन मात्र गराए नेपाल कै नमुना विद्यालय बनाउन सकिने प्रधानाध्यापक थापा दावी गर्दछन । तानसेन नगर भित्र १७ वटा माध्यमिक तहका सामुदायिक विद्यालयकहरू सञ्चालनमा आएका मध्य जनता नमुना मावि, मोहन कन्या, पद्यमपब्लीक नमुना मावि, भुसालडाँडा मावि, सेन मावि महेन्द्र वोधी मध्ये विगतमा सबै भन्दा कमजोर विद्यालयका रूपमा देववाणी नै थियो । अत्यन्तै न्यून थिए विद्यार्थी, गरिब तथा कमजोर आर्थिक स्थितिको परिवारका बच्चाले मात्र पढने विद्यालय मानिने यस विद्यालयमा आज बच्चा भर्नाका लागि ठाउँ पाउन कठिन भएको स्थानीय सरकारका प्रतिनिधि महेश्वर श्रेष्ठ बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?