Butwal Today

७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता

११ बैशाख २०८१, मंगलवार
अ+
अ-

 काठमाडौँ ।

विशेष विमानबाट नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लागेका कतारी राजा शेख तमिम बिन हमाद अल थानी अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छन्।

७० जनाभन्दा बढी सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राजा शेख तमिम बंगलादेश हुँदै नेपाल आउन लागेका हुन्। उनको टोलीमा कतार सरकारका ६ जना मन्त्रीसहित उच्च तहका अधिकारी हुनेछन्। उनको विमान अवतरण गर्नुअघि कम्तीमा १५ मिनेट विमानस्थल बन्द हुनेछ।

उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नेछन्। राजाको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिनेछ।

त्यसपछि उनी होटल सोल्टीमा जानेछन्।

त्यहाँ केहीबेर आराम गरेर राजा शेख राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न शीतलनिवास पुग्ने कार्यक्रम छ।

बुधबार नेपाल र कतारबीच द्विपक्षीय औपचारिक वार्ता हुनेछ। त्यही क्रममा विभिन्न सम्झौता तथा समझदारीमा हस्ताक्षर हुनेछ।

शिक्षायुवा तथा खेलकुदश्रमरोजगार तथा सामाजिक सुरक्षाउर्जा मन्त्रालय अन्तर्गत सम्झौता गर्ने गरी योजना तयार पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालका तर्फबाट वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले गर्ने मन्त्रिपरिषद्को निर्णय छ।

बुधबार प्रधानमन्त्री प्रचण्डले नै कतारी राजाको सम्मानमा दिवाभोज दिनेछन्।

सरकारले भ्रमणलाई उच्च महत्त्व दिँदै मंगलबार सार्वजनिक बिदा दिएको छ।

नेपालले गर्न लागेको लगानी सम्मेलनअघि कतारी राजाको भ्रमणलाई उच्च महत्त्वका साथ लिइएको छ।