Butwal Today

तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने

११ बैशाख २०८१, मंगलवार
अ+
अ-

काठमाण्डौ ।

कतारका अमिर (राजा) लाई स्वागत गर्न सरकारले आज दिएको सार्वजनिक बिदाको आलोचना भएपछि गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिएका छन । उनले बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत तीन दशकका अभ्यासलाई सच्चाउन समय लाग्ने उल्लेख गरेका छन ।

कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कुटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने गृहन्त्रीको भनाइ छ । अनावश्यक बिदा, भीआईपी सवारीका बेला हुने अरू विभिन्न व्यवस्थानको नाममा नागरिकले पाउने सास्तीलगायतका विषयमा आफूले पदबहाल गरेको दिनदेखि नै लगातार सुधारका काम गरिरहेको उनको भनाइ छ ।

कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सरकारले सार्वजनिक बिदा दिएको छ ।