ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

गहुँ उत्पादन घट्दा किसान चिन्तित

११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार

नवलपुर, ११ वैशाख ।

पुर्वी नवलपरासीमा यस बर्ष गहुँ खेती राम्रो फस्टाउन नसक्दा उत्पादनमा ह्रास आउने भएपछि किसानहरु चिन्तित बनेका छन् ।

विशेष गरी यो वर्ष गहुँ खेती गर्ने मौसममा बर्षा नहँुदा बाली फस्टाउन नसकेको र जसका कारण गहुँ उत्पादनमा ह्रास आएको गैडाकोटका कृषक ओमबहादुर घिमिरेले बताए ।

लामो समयसम्म पानी नपर्नु र मौसम समेत प्रतिकूल हुँदा यो बर्ष गहुँ खेती खासै फस्टाउन नसकेको किसानले बताए । “वर्षा समयमा हुन नसक्दा धेरैको गहुँ खेतमा कोशा नै लाग्न सकेको छैन”– कृषक रामप्रसाद थापाले भने । यसरी किसानहरुले उत्पादन गरेको गहुँ राम्रो फल्न नसक्दा किसानहरुले गहुँ खेती छाड्न सक्ने रजहरका कृषक पदम हमालले बताए ।

“केही दिनअघि पानी पर्यो, त्यो पानीले कोशा लाग्दै गरेको गहुँ बालीमा असर गर्यो र गहुँ खेती झरीले बिगारेपछि यसवर्ष गहुँको अनिकाल पर्ने कृषक सूर्यपाल मिश्राले जानकारी दिए । १४ कठ्ठा क्षेत्रफलमा गहुँ खेती गरेका कृषक मिश्राले गहुँ उत्पादनमा ह्रास आउँदा लागत समेत नउठ्ने बताए ।

गहुँ उत्पादनमा यसवर्ष अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशत सम्म कमी आउने कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । पछिल्लो समयमा गहुँ खेती गर्ने किसानहरु घट्दै जान थालेपछि यसतर्फ आकर्षण समेत घट्दै गएको ज्ञान केन्द्रका कृषि अधिकृत सञ्जय ढकालले बताए । गहुँमा दाना लाग्ने बेलामा पानी परेकाले गहुँमा कमी आउने ढकालले बताए ।

पुर्वी नवलपरासीमा गत वर्ष आठ हजार ३० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको तर यो वर्ष सात हजार हेक्टरमा मात्र गहुँ खेती गरिएको र उत्पादन समेत घट्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष जिल्लामा वार्षिक १६ हजार दुई सय ६९ मेट्रिक टन गहुँ उत्पादन भएकोमा यो वर्ष मुस्किलले ११ हजार मेट्रिक टन उत्पादन भएको अधिकृत ढकालले बताए ।

गहुँ खेतीमा अहिले बढी मेहनत गर्नुपर्ने र खासै उत्पादन समेत राम्रो नहुने भएकाले वर्सेनि यसतर्फ कृषकको सँख्या घट्दै जानु चिन्ताको बिषय भएको कृषि विज्ञ षडानन्द जैसीले बताए ।

जिल्लामा गैंडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिकामा बढी गहुँ खेती गरिने गरेको कृषि ज्ञान केन्द्रको तथ्याँकमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?