ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

झिल्कोले सिंगो गाउँ नै सखाप

१० बैशाख २०८१, सोमबार
१० बैशाख २०८१, सोमबार

रोल्पा, १० वैशाख । गर्मी वढेसंगै रोल्पामा आगलागीका घटना समेत वढ्न थालेका छन । जिल्लाको लुंग्रीगाउँपालिका वडा नं. १ मनिकोट रिडि भञ्ज्याङ स्थीत जंगलमा आगलागी भई सोही आगो बस्ती तर्फ फैलन जाँदा धनजनको क्षति भएको छ ।

वैशाख ८ गते दिउँसो ३ः३० बजेदेखि जंगलमा लागेको आगो फैलिएर मानव वस्तीमा पुगेको थियो । मावनवस्तीमा पुगेको सो आगलागी वाट लुंग्री गाउँपालिका वडा नं. १ रिरिपकानिशे घर्तीमगरको टिनको छाना भएको २ तले घर, घर भित्र रहेका लत्ता कपडा,भाडावर्तन र अन्नपात समेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ । घर्तीमगरको १ तले गोठ समेत जलेर पूर्ण रूपमाक्षतीग्रस्त भएको प्रहरीले जनाएको छ ।

यसैगरि सोही वडाका अमृत घर्तीमगरको टिनको छाना भएको दुई तले घर, घर भित्र रहेका अन्नपात, लत्ता कपडा र भाडावर्तन समेत जलेर नष्ट भएको प्रहरीको भनाई छ । सोही ठाउँ वस्ने सन्तु घर्तीमगरको खरले छाएको २ तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्यारालाईसिसको विरामी समेत रहेका घर्तीमगरको शरिरका विभिन्न भाग समेत जलेको वताइएको छ । आगलागीबाट शरिरका विभिन्नभाग जलेका घर्तीमगरको उपचार भइरहेको प्रहरीको भनाई छ ।

आगलागीवाट सोहीगाउँका टेके घर्तीमगरको ढुंगाले छाएको दुई तले घर, लत्ता कपडा, भाडा वर्तन र अन्नपात समेत जलेर नष्ट भएको छ । यसैगरि आगलागीवाट सोही ठाउँका भुवानसिंह घर्तीमगरको खरले छाएको एकतले गोठ पूर्णरूपमाजलेर नष्ट भएको छ । घर्तीमगरको सोहीगोठमा वाँधेर राखेको एक गोरु जलेर मरेको र एक जर्सी गाई समेत जलेर घाईते भएको छ । आगलागीवाट सोही ठाउँका प्रकाश सिंह घर्तीमगरको टिनले छाएको दुई तले घर तथा घरमा रहेका अन्नपात, भाडावर्तन र लत्ता कपडा समेत जलेर नष्ट भएको प्रहरीको भनाई छ ।

आगलागीवाट सोही ठाउँका तुलवहादुर घर्तीमगरको दुई तले टिनले छाएको घर जलेर पूर्णरूपमा क्षतीग्रस्त भएको छ । सोही घरमा रहेका अन्नपात, लत्ताकपडा र भाडावर्तन समेत जलेर पूर्णरूपमा क्षतीग्रस्त भएको प्रहरीको भनाइ छ । आगलागीवाट पिडित हुनेमा सोही ठाउँका नरवहादुर घर्तीमगर समेत रहेका छन । घर्तीमगरको १ तले खरले छाएको घर र सोही घरमा रहेको भाडावर्तन, अन्नपात र लत्ताकपडा समेत जलेर नष्ट भएको छ । आलगागीवाट सोही ठाउँका जीतबहादुर घर्तीमगरको खरले छाएको एक तले गोठ समेत क्षतिग्रस्त भएको छ । आगलागीबाट सोही ठाउँका हिरा लाल घर्तीमगरको टिनले छाएको दुई तले घर र घर भित्र रहेका अन्नपात, लत्ताकपडा र भाडावर्तन समेत जलेर पूर्ण रूपमाक्षती ग्रस्त भएको छ । हिरा वहादुरको खरले छाएको एक तले गोठ समेत क्षतीग्रस्त भएको छ ।

आगलागीभएको सूचनापाउने वित्तिकै ईलाकाप्रहरी कार्यालय सिर्पको प्रहरी टोली घटना स्थलपुगको थियो । आगलागी नियन्त्रणका लागीथप सहयोगका लागी जिल्ला प्रहरी कार्यालय रोल्पाको टोली, सशस्त्र प्रहरी वलको टोली र नेपाली सेनाको टोली घटना स्थलतर्फ गएको थियो ।

जिल्लाभर डडेलो

पाल्पा १० बैशाख । पाल्पाका सबै जसो पलिकाका अधिकांश स्थानका सामुदायीक वनहरूमा डडेलो लागेको छ । शनिबारदेखि लागेको डडेलो नियन्त्रण गर्ने क्रममा २ जना घाइते भएका छन् । घाईते हुनेहरूमा रैनादेबी छहरा १ का ५५ बर्षिय टोपबहादुर बुढा र माथागढी ४ का पूर्णबहादुर कामु रहेका छन् । शनिबार दिउँसोदेखि हावाहुरी सहित निस्दी, पूर्बखोल, माथागढी, रैनादेबी छहारा, तिनाउ, तानसेन नगरपालिका भित्रका सामुदायीक बनहरूमा भिषण आगोलागी भएको थियो । शनिबार बेलुकाबाट तानसेनको श्रीनगर बनमा लागेको आगो आज दिउँसोसम्म पूर्ण नियन्त्रण हुन सकेको छैन् । आगो निभाउने क्रममा घाईते भएका बुढाको तानसेनको मिसन अस्पतालमा उपचार भईरहेको छ ।

गुल्मीमा ८९ घरगोठ जले, सयौं विस्थापित 

गुल्मी, १० वैशाख । गुल्मीमा इस्मा गाउँपालिकामा शनिबार लागेको डढेलोबाट ८९ वटा घर गोठ जलेर नष्ट भएका छन । इस्मा गाउँपालिका वडा नं. १ वडा नं. २ र वडा नम्बर ४ मा स्थानीय सामुदायीक वनहरूवाट लागेको डढेलोका कारण ४१ वटा घर र ४८ वटा गोठ जलेका हुन । घरगोठसँगै ८३ वटा पशु चौपयाहरू समेत जलेर मरेका छन । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी शंकर प्रसाद पोख्रेलका अनुसार उक्त घटनामा परि दुई जना व्यक्ति र नौं वटा पशुचौपाया समेत घाईते बनेका छन । डढेलोका कारण एक मन्दिर, एक ट्याक्टर र दुइवटा कुटानी पिसानी मिलमा समेत पूर्ण रूपले क्षती पुगेको छ ।

डढेलोका कारण करोडौको सम्पत्तिमा क्षति पुगेको छ । घरमा रहहेका सुन, चाँदीका गहनादेखि नगद, लत्ताकपडा, अन्नपात सबै जलेको छ । सनिबार अत्यधिक मात्रमा चलेको हावाहुरीका कारण डढेलो नियन्त्रण भन्दा बाहिर गई उक्त दुःखद घटना घट्न गएको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंङ खड्काले बताए । उनले दुःखको यस घडिमा सबैलाई सहयोगको अपिल गरेका छन ।

डढेलो निभाउनका लागि दमकल, नेपाली, सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरीका साथै स्थानीयहरूले ठूलो प्रयास गरे पनि आईतबार बिहान मात्र डढेलो नियन्त्रणमा आएको थियो । हेर्दा हेदै छिन भरमै स्थानीयका आँखा अगाडि आगोले घरहरू खरानी बनाई दिएको थियो । आगलागि भएको क्षेत्रमा स्थानीय गाउँपालिका,, जिल्ला प्रशासन, नेपाल रेडक्रस, उद्योग वाणिज्य संघ, विद्युत, खानेपानी, डिभिजन वन, लायन्स क्लव लगायतका विभिन्न कार्यालय र संघ सस्थाहरूले तत्कालका लागि आवश्यक राहत सहयोग पुराएका छन ।

इस्मा गाउँपालिकाको आइतबार बसेको गाउँ कार्यपालिका बैठकले पीडित विस्थापित परिबारहरूका लागि तत्काल थप राहत सामग्री पठाउने र जनप्रतिनिधिहरूले पनि एक महिनाको पारिश्रमीक सहयोग गर्ने निर्णय गरेका छन । त्यसैगरि कर्मचारीहरूले पनि मासिक पारिश्रमीकको पाँच प्रतिशत रकम सहयोग गर्ने जनाएका छन । विपदमा सबैलाई सहयोग गर्न भन्दै गाउँपालिकाले एकद्वार प्रणाली अन्र्तगत गाउँपालिकाको नाममा ग्लोबल आइएमइ बैक इस्मा शाखामा रहेको प्रकोप व्यवस्थापन कोषको खातामा रकम जम्मा गरिदिन सबैमा आव्हान गरेको छ ।
फिल्मी शैलीमा सल्कीएको आगोले एकै छिनमा घरहरू छिनभरमै खरानी बनाएको स्थानीयहरूले बताएका छन । आगो निभाउने भन्दा पनि कसरी प्राण जोगाउने भन्नेमा आफुहरू लागेको उनीहरूले बताए । इस्मा गाउँपालिका २ स्थीत सिदुङखाको रानी सामुदायिक वनमा लागेको डढेलो अचानक बस्ती पसेको थियो । डढेलोका कारण हस्तिचौरको सिदुङखा, उजुङ्, तिम्लेखर्क, कोटकोटेरी लगायतका क्षेत्र बढी मात्रमा प्रभावित बनेका छन । इस्मा गाउँपालिका–१ मा लागेको डढेलोका कारण ट्याक्टर चालक स्थानीय १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ पल्टारका २१ बर्षीय प्रेम राना घाइते भएका थिए । उनीहरूको लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भैरहेको छ ।
अगलागिमा परेर बिस्थापित भएका परिवारहरू यतिबेला स्थानीय छिमेकीको घरमा आश्रय लिएका छन । अगालागि हुँदा पानीका पाईपहरू जलेपछि उक्त स्थानमा खानेपानीको समस्या देखिएको छ । डढेलोका कारण इस्मा, रेसुङ्गा, गुल्मीदरवार र रुरुक्षेत्र लगायतका पालिकाहरूमा पनि डढेलोले ठूलो क्षति पुराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?