ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल

बौद्धिक विषयसंग जोडिएको पेशाकर्मीहरु आफनो अधिकारप्रति सजग हुनुपर्छः केन्द्रीय उपाध्यक्ष गौतम
१० बैशाख २०८१, सोमबार
१० बैशाख २०८१, सोमबार

बुटवल, १० वैशाख ।

बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपालको लुम्बिनी प्रदेश भेलाले अर्जुन नेपालको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा राम भण्डारी, सचिव हरि चुंडाली, सहसचिव मनोज न्यौपाने, कोषाध्यक्ष गोविन्द ज्ञवाली, संगठन सचिव माधव पौडेल तथा सदस्यहरुमा प्रकाश खत्री, जंग बहादुर खड्का, ज्ञानहरी नेपाल, प्रवेश अहमद, शिव रेग्मी, विमल पाण्डे, शक्ति श्रेष्ठ, शिवप्रसाद शर्मा, लक्ष्मण केसी, यज्ञ प्रसाद पन्थी, सुशिल ज्ञवाली, दिपेन्द्र खड्का, कपिल कँुवर र प्रदिप केसी छन् ।

यसैगरी भेलाबाट गंगासागर पन्थीको अध्यक्षतामा प्रदेश कमिटी समेत गठन भएको छ । जसको उपाध्यक्ष झपेन्द्र भट्टराई, सचिव शंकर पाण्डे, संगठन सचिव हिम केसी, सहसचिव सतिश कशौधन, कोषाध्यक्ष गोकुल खड्का, सदस्यहरुमा नवराज आचार्य, प्रकाश भण्डारी, अतुल गुप्ता, झम विश्वकर्मा, हरि गौतम, किरण डाँगी, बिष्णु खत्री, पुस्कर आचार्य, मिनप्रसाद पराजुली, बालकृष्ण ज्ञवाली, मिलन पोख्रेल र जगदिश घिमिरे सर्वसम्मत चयन भएका छन् ।

नयाँ वर्ष २०८१ को अवसरमा आयोजित वनभोज, क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमको जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमले उद्घाटन गर्दै हकअधिकारका बारेमा संगठित गर्न संस्थाको भूमिका रहेको बताए । वस्तुको गुणस्तरको बारेमा बजारमा बुझाउने जस्तो महत्वपूर्ण भूमिका निभाउने पेशामा रहेकाहरु संगठित हुनेमात्र नभई सामाजिक कार्यमा समेत अगाडि रहेको उनले बताए । ऐनबाट दिईएको सुविधा अनुसार गठन भएको संस्था भएको हुँदा पनि यसलाई सही ढंगबाट चलाउनुपर्ने बताए । बौद्धिक विषयसंग जोडिएको पेशाकर्मीहरु आफ्नो अधिकारप्रति सजग हुनुपर्ने उनले बताए । राजनीतिक दलको झण्डा भन्दा बाहिर अधिकारको लागि लाग्नुपर्ने उनले बताए । नाम अनुसार नै स्वतन्त्र संस्थामा आवद्ध हुने विषयमा समेत ध्यान दिनुपर्ने बताए । ट्रेड युनियनलाई स्वतन्त्र ढंगबाट चलाउन जरुरी रहेको उनले बताए । श्रम ऐनको परिकल्पना अनुसार कार्यान्वयन भएमा कुनै प्रकारको बाधा नहुने तर्क दिदै रोजगारदाता कामप्रति वफादारिता पहिलो प्राथमिकता रहने र त्यसपछि नियुक्ति पत्र, ज्याला नदिने जस्ता समस्यामा आएको खण्डमा संस्थागत रुपमा पहल गर्ने उनले बताए । सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कामबाट एक हिसाबबाट कर्मचारीहरुको हकहितको पक्षमा जित भएको उनले बताए । प्रत्येक श्रमिकहरु श्रम ऐन, कानुन ऐन, सामाजिक सुरक्षा ऐनजस्ता नीतिगत विषयलाई टेकेर लाग्नुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा ओम्सका केन्द्रीय अध्यक्ष सुर्य पराजुलीले नेपालको ट्रेड युनियनको लामो ईतिहास रहेको भन्दै बजार प्रतिनिधिहरुको हकहितमा लागेर ट्रेड युनियनमा पहिचान बनाउन सफल भएको बताए । संस्थालाई देशब्यापी रुपमा संस्थागत रुपमा एकतावद्घ र संगठित गर्ने गरी अघि बढाएको उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजुले कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा लैजाने काम आफ्नो कार्यकालमा शुुरु गरेको बताए । बैंकको ब्याजदरलाई नीतिगत रुपमा सिगल डिजिटमा लैजाने पहलका लागि संस्थागत रुपमा गरेको उनले बताए । ब्यावसायिक हकहितको पक्षमा निरन्तर पहल गरेको उनले बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज भट्टराई, ओम्सका केन्द्रीय उपाध्यक्ष लेखनाथ कँुवर, जिफन्ट लुम्बिनी प्रदेशका अध्यक्ष हुमाकान्त काफ्ले, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, उद्योग व्यापार संघका अध्यक्ष विष्णु प्रसाद पाण्डे, समाजसेवी नरिश्वर शर्मा, कार्यक्रम संयोजक गोबिन्द वलीले शुभकामना दिए । हाल लुम्बिनी प्रदेशमा ६ हजार जना संगठित रहेका छन । देशभर १० हजार आवद्ध भई ब्यवसायिक हकहितका लागि संगठित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?