ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते
बुटवलः हिजो, आज र भोलि विषयक अन्तरसंवाद

पुरातात्विक संरचनालाई जोगाउँदै समृद्ध बुटवल निर्माणमा जोड

९ बैशाख २०८१, आइतबार
९ बैशाख २०८१, आइतबार

बुटवल, ९ वैशाख ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्व बोकेको बुटवलको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रसँगको हातेमालो अपरिहार्य रहेको सरोकारवालाले बताएका छन् ।

बुटवललाई तराई र पहाडको संगमस्थल मानेर विकास गर्न सकियो भने समृद्ध बुटवल निर्माण गर्न सकिने उनीहरुको भनाई छ ।

बुटवल पब्लिकेशन प्रालिको आयोजना र बुटवल उपमहानरपालिकाको सहयोगमा ‘बुटवलः हिजो, आज र भोली’ विषयमा आयोजित अन्तरसंवादमा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवलको विकाससँग संघ–संस्थाहरुको योगदानबारे प्रकाश पार्दै फेरि पनि एकीकृत विकासको योजनासहित अघि बढ्न जरुरी रहेको बताए ।

बुटवल उपमहानगरले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रमा अगाडि सारेका योजनाहरुको चर्चा गर्दै नगरप्रमुख पाण्डेले इतिहासलाई जोगाएर भविष्यप्रति गर्व गर्न लायक बुटवल निर्माण गर्न सकिने र यसका लागि सबैको सामूहिक पहलकदमी आवश्यक रहेको बताए । उनले बुटवलले कुल बजेटको २६ प्रतिशत शिक्षामा खर्चिएको भन्दै यसबाट पनि उपमहानगरपालिकाले आगाडि सारेका योजना र विकासको सार्थकता झल्किने बताए ।

कार्यक्रममा बोल्दै अधिकांश सहभागीहरुले विगतका सम्पदा, विकास, कला सांस्कृतिक सम्पदालाई साक्षी राख्दै वर्तमानमा भएका गतिविधिहरुलाई अझ बढी परिस्कृत ढंगले अगाडि बढाएर समृद्ध बुटवलको परिकल्पना गर्नुपर्नेमा जोड दिएका थिए । सहभागीहरुले विगतमा पनि बुटवलले बस्तु विनिमय, शिक्षा र औद्योगिक क्षेत्रमा समेत देशकै नेतृत्व गर्दै आएको स्मरण गर्दै अहिलेको अवस्था परिमार्जित भएकोले यसलाई थप परिस्कृत गरेर अगाडि जानुपर्ने सुझाव समेत दिएका थिए ।

बुटवल शिक्षा, स्वाथ्य क्षेत्रको हवको रुपमा विकास हुँदै जानु आफैमा गौरवको विषय भएको भन्दै यहाँ रहेका ऐतिहासिक, पुरातात्विक संरचनालाई जोगाउँदै पर्यटन, बस्त विनिमय र व्यापारको माध्यमबाट बुटवलाई पुनः गुल्जार बनाउन सकिनेमा सरोकारवालाले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै बुटवल पब्लिकेशन प्रालिका अध्यक्ष हरि प्रसाद पौडेलले बुटवलको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा बुटवल हिजो र आजको अवस्थाको विषयमा विश्लेषक युवराज कंडेलले कार्यपत्र प्रस्तुुत गरेका थिए भने अर्का अनुसन्धानकर्ता रामचन्द्र श्रेष्ठले भोलिको बुटवल कस्तो हुने भन्ने विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बुटवल टुडे दैनिक पत्रिकाका सम्पादक कृष्ण मल्लको संयोजनमा भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?