ट्रेंडिंग:

>> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने

गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो

९ बैशाख २०८१, आइतबार
९ बैशाख २०८१, आइतबार

बुटवल, ९ वैशाख ।

हाम्रा परम्परागत मूल्य, मान्यता, नैतिकता एवम् संस्कारको जरैसम्म पुगेर शिक्षा प्रदान गर्ने संस्कृत गुरुकुलहरु यतिबेला विद्यार्थीहरुले भरिभराउ देखिन थालेका छन् । यसै सन्दर्भमा नेपालकै सर्वाधिक चर्चित र व्यवस्थित मानिएको तनहँु जिल्लास्थित पवित्रस्थल देवघाटमा रहेको महेश संस्कृत गुरुकुलमा कक्षा–६ मा प्रवेशका लागि लिखित परीक्षा सम्पन्न भएको छ । जसमा लगभग २५० परीक्षार्थीमध्ये ६० जना विद्यार्थी उत्तीर्ण भएका छन् भने गुरुकुलका लागि ३०जनामात्र विद्यार्थी आवश्यक रहेको गुरुकुलका प्राचार्य फणिन्द्रराज पौडेलले बताए ।

कतै विद्यार्थीहरुको खडेरी त कतै विद्यार्थीहरुको थेगिनसक्नुको चाप । नैतिकता र संस्कारको अभाव महसुस सबैतिर हुँदै जाँदा पछिल्लो समय गुरुकुलीय संस्कृत शिक्षाको पुनर्जागरण जस्तै भइरहेको छ । संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि ह्वात्तै बढेको छ । प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको परम्परालाई निरन्तरतामात्र नभई आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा विद्यालय तहमा मात्र नभई उच्च तहसम्म संस्कृत शिक्षाको पठनपाठन भइरहेको छ । उच्च शिक्षासम्मको संस्कृत शिक्षाको नेतृत्व नेपाल संस्कृत विश्वविद्यालयले गरेको छ ।

संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वर्द्धनका साथै संस्कृत भाषाभित्र सञ्चित रहँदै आएका मानवका लागि उपयोगी ज्ञान–विज्ञान हासिल गर्न यस्तो शिक्षा फलदायी हुने विश्वास गरिँदै आइएको छ । संस्कृत शिक्षाप्रतिको आकर्षण बढेसँगै पछिल्लो समय चितवन, पोखरा, रुपन्देही, कपिलवस्तु, झापा लगायत देशका विभिन्न जिल्लाहरूमा संस्कृत गुरुकुल आश्रमहरु सन्चालित छन् ।

हाम्रो पूर्वीय सभ्यताको जननी संस्कृत भाषालाई हामीबाट विस्थापित गराउन पश्चिमाहरु र तिनीहरुका भक्तहरुले ठूलो कसरत गरे । एक हदसम्म उनीहरु सफल पनि भए । आज पू्र्खाले नासोका रुपमा दिएको त्यो भव्य संस्कृति अनि सस्कृत भाषालाई इतिहासको विषयका रुपमा सीमित गराउने प्रयासलाई विफल पार्नको लागि यस्ता गुरुकुलहरु कोशेढुङ्गा सावित हुँदै गएका छन् ।

देवघाटको महेश सन्यास आश्रम समितिले श्री महेश सन्यास संस्कृत गुरुकूल विद्याश्रम सञ्चालनमा ल्याएको छ । विसं २०५० सालमा स्वामी रामानन्द गीरिको नेतृत्वमा महेश सन्यास आश्रमको स्थापना भएको थियो भने २०५२ सालमा महेश सस्कृत गुरुकुल सन्चालन एवं अध्ययन अध्यापन हुँदै आएको थियो । वि.सं. २०५२ सालदेखि सञ्चालनमा आएको उक्त गुरुकुलमा २२५ जना विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयका प्राचार्य फणिन्द्र पौडेलका अनुसार गुरुकुलले कक्षा ६ मा विद्यार्थी भर्ना लिई आचार्य तहसम्म अध्यापन गराउने उद्देश्यले गुरुकुल तथा विद्यापीठ सञ्चालनमा ल्याइएको हो प्राचार्य पौडेलले बताए । हाल गुरुकुलमा कक्षा ६ देखि आचार्य कक्षासम्म अध्यापन भइरहेको छ । गतवर्ष एसइई परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये शतप्रतिशत विद्यार्थीहरु उतीर्ण भएको जानकारी महेश छात्र परिषद्का सस्थापक अध्यक्ष डा. उमेशप्रसाद घिमिरेले जानकारी दिए ।

तनहुको देवघाटस्थित गुरुकुलमा आवासीयरूपमा नै विद्यार्थीलाई संस्कृत शिक्षा अध्यापन गराइँदै आइएको छ । गुरुकुलमा परम्परागततर्फ संस्कृत व्याकरण, ज्योतिष, कर्मकाण्ड, संस्कृत भाषा, न्याय तथा वेदान्त दर्शन विषय र आधुनिकतर्फ अङ्ग्रेजी, नेपाली, गणित र सामाजिक विषय अध्यापन गराइँदै आएको जानकारी अध्यक्ष घिमिरेले दिए ।

महेश सन्याश गुरुकूलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी उपनिषद् घिमिरेले आफ्नो सानैदेखिको रुचि संस्कृत शिक्षा भएकै कारण संस्कृत शिक्षा अध्ययन गरेको बताए । संस्कृत शिक्षाले आफूलाई सन्तुष्टि प्रदान गरेको र आफ्नो अध्ययन पनि यसैमा अघि बढाउने भनाइ उनको छ । संस्कृत शिक्षाले बोलीमा स्पष्टता, उच्चारण गर्ने शैलीको विकास, शब्द चयनमा मिठास, उदार तथा आफ्नो माटोप्रतिको भक्तिको भावना प्रदान गरेको अनुभव आफूसँग भएको विद्यार्थी घिमिरेको भनाइ छ । गुरुकुलका शिक्षक सन्तोष गीरिका अनुसार विद्यार्थीले प्रत्येक दिन साझ– बिहान मन्दिरमा आरती समेत गर्ने गरेका छन् । समयानुकूलका शैक्षिक तथा प्राज्ञिक जनशक्ति उत्पादन गर्न संस्कृत शिक्षा फलदायी हुने भनाइ गीरिको छ ।

उक्त गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीका लागि आवासीय सुविधा छ । नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषता सम्पन्न राष्ट्र भएकाले विविध धर्म, संस्कृति, सभ्यता, इतिहास, कला, वास्तुकला, रहनसहन, रीतिरिवाज तथा सयौँ जातजातिका भाषा भाषिकाको अध्ययन, अनुसन्धान र संरक्षणमा सहयोग पुग्ने विश्वास गीरिको रहेको छ । विद्याश्रम सरोकारवालाबाट निकै राम्रो साथ र सहयोग पाउँदै आएको र आगामी दिनमा पनि संस्कृत शिक्षाको विकास र विस्तारमार्फत हाम्रा प्राच्य ऋषिमहर्षिहरूको तपस्याबाट सिर्जित ज्ञानराशिलाई आम जनसमक्ष पु¥याउनका लागि यो शिक्षा फलदायी हुने उनले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?