Butwal Today

गाउंपालिका अध्यक्षले एमाले छाड्दै पदबाटै किन दिए राजीनामा ?

९ बैशाख २०८१, आइतबार
अ+
अ-

बुटवल,९ बैसाख ।  स्याङ्जाको हरिनास गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले सामाजिक संजालमार्फत हरिनास गाउँपालिका अध्यक्ष पद र एमाले हरिनास गाउँपालिका कमिटी अध्यक्ष दुबै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

जिल्ला कमिटीमा हरुवाहरुलाई मात्र पद दिइएको भन्दै गाउँपालिका अध्यक्ष र एमालेबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
चुनावमा गठबन्धनलाइ पराजित गरि २ पटक जितेको आफू जस्ता ठेट्नाहरुको पार्टीमा कुनै स्थान र मुल्याङ्कन नरहेको कारणले एमाले पार्टीमा बसिरहन मनले नमानेको उनले लेखेका छन् ।

एमाले सचिव पद्मा अर्याल र नारायण मरासिनिले गोजीबाट नाम निकालेर ९ जनाको जिल्ला कमिटि पदाधिकारी बनाएको उनले आरोप लगाएका छन् ।