Butwal Today

नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट

८ बैशाख २०८१, शनिबार
अ+
अ-

बुटवल ।

पश्चिमनवलपरासीको पाल्हीनन्दनमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । पाल्हीनन्दन गाउँपालिका–६ स्थित पडरी गाउँमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका हुन् ।

आगलागीमा ८ वटा बाख्रा पनि मरेको डिएसपी रेशम बोहोराले जानकारी दिएका छन्।

आगलागीबाट मानवीय क्षति भने नभएको र अन्य क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दिउँसो ४ बजेतिर लागेको आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा साँझ पौने ६ बजेतिर नियन्त्रणमा आएको थियो ।
गर्मी बढेसँगै हावाहुरी चल्दा तराइका जिल्लामा आगलागीको जोखिम थप बढेको छ । जिल्लाका ७ स्थानीय तहमध्ये २ वटा स्थानीय तहसँग मात्र दमकल रहेका छन् ।