ट्रेंडिंग:

>> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो

कानुनविपरित भर्ना शुल्क असुल्दै निजी विद्यालयः बुटवल उपमहानगर भन्छ– गुनासो आएको छ, अनुगमन गर्छौं

८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

बुटवल, ८ वैशाख ।

सामुदायिक वा निजी लगानीका विद्यालयले कुनै पनि बहानामा अभिभावकबाट भर्ना शुल्क उठाउन पाउँदैनन् । एकपटक भर्ना भइसकेको विद्यार्थीबाट पुनः भर्नाका नाममा कुनै पनि शुल्क उठाउन नपाइने कानुनमै स्पष्ट व्यवस्था छ ।

निजी लगानीका (संस्थागत) विद्यालयले शिक्षा नियमावली २०५९ को नियम १४६ ले तोकेका शीर्षकबाहेक अन्य कुनै पनि शुल्क लिन पाउँदैनन् । शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ अनुसार शुल्कको अधिकतम सीमाबमोजिम शुल्क निर्धारण गराउने व्यवस्था कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले निर्देशन जारी गरिसकेको छ । बुटवल उपमहानगरपालिकाको नगर शिक्षा ऐन २०७४ मा पनि पूरा विद्यार्थीसँग भर्नाका नाममा कुनै शुल्क असुल्न नपाइने व्यवस्था छ ।

तर, कार्यान्वयनमा भने निजी विद्यालय अटेरी देखिएका छन् । बुटवलका निजी लगानीका (संस्थागत) विद्यालयले कानुनविपरीत विद्यार्थीबाट शुल्क असुलिरहेका छन् ।

सिकाइ सहजीकरण निर्देशिका– २०७७ मा निर्देशिकाको बुँदा ३० मा ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरेबमोजिम हुने’ उल्लेख छ ।

तर, बुटवलका निजी विद्यालयहरूले उपमहानगरले बनाएको कानुन नै मिचेर नियमविपरीत विद्यार्थी भर्नाबापतको रकम असुलिरहेका छन् । निजी विद्यालयले बर्सेनि मनपरी शुल्क असुल्दै आएको अभिभावकको गुनासो छ ।

शैक्षिक वर्ष २०८१ का लागि खुलेको नयाँ विद्यार्थी भर्नाका लागि अभिभावक निजी विद्यालय धाइरहेका छन् । तर उनीहरुले विद्यालयहरुले आफूहरुसँग भर्ना शुल्क असुली गरिरहेको बताए । अभिभावकले बर्सेनि नयाँ भर्नाका लागि भन्दै अतिरिक्त शुल्क तिर्दै आएको गुनासो गरेका छन् ।

‘मैले बर्सेनि नयाँ भर्नाका लागि भनेर थप शुल्क तिरिरहेकी छु,’ छोरीलाई विद्यालय भर्ना गरिदिएर फर्केकी शंकरनगरकी एक महिलाले नाम नलेखिदिने शर्तमा भनिन्, ‘तीन वर्षदेखि मैले लगातार मेरा नानीहरूलाई निजी विद्यालयमा पढाइरहेकी छु, तर नयाँ भर्नाका बेलामा फेरि पहिलोपटक भर्ना भएजसरी किन शुल्क लिइरहेका छन्, म अचम्ममा परेकी छु, सानो कक्षाका लागि त ठीकै होला तर ठूलो कक्षामा एकैपटक ठूलो रकम तिर्नुपर्दा त समस्या छ ।’

विभिन्न बहानामा निजी विद्यालयहरूले असुल्ने शुल्कका कारण छोराछोरी पढाउनै समस्या हुन थालेको उनको गुनासो छ । संविधानमा निःशुल्क शिक्षालाई मौलिक हकका रूपमा परिभाषित गरिएको भए पनि निजी विद्यालयहरू जताबाट पनि पैसा कमाउने नीतिमा लाग्दा कम आय भएका आफूजस्ता नागरिक समस्यामा परेको उनले बताइन् ।

यता निजी विद्यालयहरूले नयाँ भर्नाका बेला लिने शुल्क विद्यार्थी भर्ना शुल्क नभई वार्षिक सेवाशुल्क भएको निजी विद्यालयहरूको छाता संगठन प्याब्सनले जनाएको छ । प्याव्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले भर्ना गर्दा २ महिनासम्मको शुल्क लिन सक्ने भन्ने व्यवस्था संघीय शिक्षा ऐनमा भएकाले सोही अनुसार वार्षिक शुल्क लिइएको बताए । “मौजुदा संघीय शिक्षा ऐनमा भएको व्यवस्था बमोजिम नै वार्षिक शुल्क लिइएको हो, २ महिनासम्मको शुल्क लिन सक्ने व्यवस्था ऐनमै छ, निजी विद्यालय ऐन विपरित गएका छैनन्”–उनले भने ।

अनुगमन गर्ने उपमहानगरको तयारी

पुराना विद्यार्थीहरुबाट भर्ना शुल्क लिएको पाइएपछि बुटवल उपमहानगरपालिकाले यहाँको निजी विद्यालयहरुमा अनुगमनको तयारी गरेको छ । उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले केही अभिभावकबाट कानुनविपरित भर्ना शुल्क लिएको भन्ने गुनासो आएको छ, हामी अनुगमनको तयारीमा छौं”–नगरप्रमुख पाण्डेले न्युज बुटवल टुडेसँग भने ।

उनले निजी विद्यालयहरुले भर्नाका नाममा कुनै पनि खालको शुल्क लिन नपाउने बताए । “शुल्क लिएको पाइए त्यो कानुन विपरित हुन्छ, अनुगमनपछि के कस्तो अवस्था छ, त्यसपछि थप कदम चाल्छौं”–उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?