Butwal Today

एसीसी प्रिमियर कपः नेपाल हङकङसँग पराजित

८ बैशाख २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि हङकङसँग स्पर्धा गरेको नेपाल पराजित भएको छ। यससँगै नेपालले एसीसी इमर्जिङ कप पनि खेल्न नपाउने भएको छ। शुक्रबार यूएईसँग पराजित नेपालको एसिया कप खेल्न सम्भावना सकिएको थियो।

हङकङ ६ विकेटको क्षतिमा नेपालले दिएको १४० रनको साधारण लक्ष्य भेट्टाएको थियो।

हङकङ ६ विकेटको क्षतिमा नेपालले दिएको १४० रनको साधारण लक्ष्य भेट्टाएको थियो।

बलिङ र ब्याटिङ दुवैतर्फ नेपालको प्रदर्शन फितलो रह्यो। ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाउँदा बलिङतर्फ सोमपाल कामीले ३ विकेट लिए।

हङकङका अंशुमन रथले ५० बलमा प्रभावशाली ६५ रन जोडे। बाबर हायातले २६ र एजाज खानले १२ रन बनाएका थिए।

नेपालका ऐरीबाहेक अन्य ब्याटरहरु चल्न सकेनन्। सन्दिप जोराले २२ रन बनाए भने कप्तान रोहित पौडेलले २१ रन।

कुशल मल्ल १३ रनमा आउट हुँदा सोमपाल कामी १२ रनमै आउट भए। अन्य ब्याटरहरुले दोहोरो अंक जोड्न सकेनन्। कुशल भुर्तेल शून्यमा आउट भए।

हङकङका लागि आयुष शुल्काले ३ विकेट लिएका थिए। उनले सुरुवाती ३ विकेट लिँदै नेपालको पारी धराशायी बनाउने काम गरे।

आतिक इकबाल, यासमिन मुर्तजा र एहसान खानले पनि एकएक विकेट लिएका थिए।