Butwal Today

हामीलाई कमजोर ठाने फेरि अर्को उथलपुथल : नेपाल

८ बैशाख २०८१, शनिबार
अ+
अ-

काठमाडौं,८ बैशाख ।    नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्को उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिएका छन् ।

गृह जिल्ला रौतहटमा बोल्दै उनले वर्तमान चार दलीय सत्ता गठबन्धनलाई लक्षित गर्दै हामी कसैको दास होइनौ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौ भने ।
आफू देशका ठुला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी दिएका हुन् ।

पूर्व प्रधानमन्त्री नेपालले आफूहरूको आफ्नै स्वाभिमान, पहिचान, मूल्यमान्यता र महत्त्व रहेकोले हल्कामा नलिन सुझाव दिए ।