ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै

बुटवलमा शहरीकरण बिस्तार हुँदै जाँदा चौपारी निर्माण कार्य ठप्प मात्र भएको छैन, पुराना चौपारीहरुको संरक्षणमा समेत चासो देखाइएको पाइदैन । विगतमा बाटोको छेउँछाउँ चौपारी बनाइएकोमा विद्युतीकरणको क्रममा चौपारीका वरपिपलका रुखहरु ठुटे बनाईएको र बाटो विस्तार तथा पक्की गर्ने क्रममा चौपारीहरु भत्काउने गरिएको छ ।
८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

तिलोत्तमा ।

बुटवल सुख्खानगरकी रिता घिमिरे हरेक शनिबार एक बिहानै शंकरनगर वनबाटिका सम्म पुग्छिन । उनी त्यहाँ पुग्नुको उद्देश्य मर्निंङवाक गर्नु वा वन वाटिका घुम्नु नभएर नकाटिएको पिपलको पुजा गर्नु हो । ज्योतिषीले नकाटिएको पूर्ण पिपलको पुजा गर्नुपर्ने बताएपछि पिपललाई जल चढाउन उनी त्यहाँ जान थालेको एक वर्ष भैसकेको छ । रिता मात्र हैन बुटवलका धेरै महिलाहरु हरेक शनिबार बिहानै शंकरनगरको तपाहा लाइन, वनबाटिका क्षेत्रमा पिपलमा जल चढाईरहेका भेटिन्छन् ।

“बुटवलमा एक त चौपारीहरु नै छैनन् र भएका पनि ठुटे छन् त्यसैले पुजा गर्नको लागि बुटवल बजार छेउँछाउँ नै जानु परिरहेको छ”, रिता भन्छिन् ।

हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरुमा वर र पिपल पुजनीय छन् । भगवान बिष्णुको जन्म र कृष्णको मृत्यु पिपलको रुख मुनि भएको र गौतम बुद्धले पिपलको रुखमुनि तपस्या गरेर ज्ञान प्राप्त गरेको विश्वास गरिन्छ । त्यसैगरी स्कन्ध पुराणमा भगवान विष्णुले श्राप पाएकोले पिपलको रुप धारण गरेको उल्लेख छ । पिपललाई दीर्घायु र उर्वरताको प्रतिक मानिने भएकोले शनि संकट मोचन हुने र सन्तानप्राप्ति हुने विश्वासले महिलाहरुले हरेक शनिवार पिपलको परिक्रमा गर्दै जल चढाउने गर्छन् । त्यसैगरी बौद्धमार्गीहरुले बोधीवृक्षको रुपमा पिपलको पुजा गर्ने प्रचलन छ ।

भगवान विष्णुले हिरण्यकश्यपुलाई मार्न नरसिंह अवतर लिएको र नरसिंहको ताप पृथ्वीमा फैलिएपछि त्यसलाई शोषण गर्न वर, पिपल, समी लगायतका पाँच किसिमका विरुवाहरु लगाएर पुजा गर्न शुरु गरिएको पौराणिक कथन छ । अहिले पनि नेपालका साथै भारतको बंगाल र उडिसामा वरपिपल संगै रोपेर चौतारी बनाउने प्रचलन रहेको छ । वर पिपल चौतारी बनाएमा पुण्य प्राप्त हुने विश्वासले गर्दा मानिसहरुले गाउँघरमा वर पिपल हुर्काएर धार्मिक विधिका साथ वर पिपलको बिहे गरिदिने र चौपारी बनाउने गरेका छन् ।

धार्मिक रुपमा मात्र नभएर आधुनिक विज्ञानले समेत वरपिपललाई गुणकारी विरुवा मानेको छ । अन्य रुखको तुलनामा पिपलले बढी अक्सिजन फ्याँक्ने गर्छ । पिपलको रुखले धेरै अक्सिजन फ्याँक्ने हुँदा यो रुखको नजिक बस्दा सजिलै अक्सिजन प्राप्त गर्ने र थकाई लागेको बेलामा शरीरमा स्फूर्ति आउने भएकोले बाटोमा हिंड्ने मानिसहरुलाई सजिलो होस् भनेर चौतारी बनाउने र वर पिपललाई सिंचाई गर्न तथा ती रुखमा बस्ने चराचुरुंगीलाई पानी खुवाउन चौतारी नजिकै सानो पोखरी पनि बनाउने गरिएको सामाजिक मान्यता रहेको छ ।

धार्मिक र सांस्कृतिक महिमालाई जोगाउँदै वातावरणीय सेवा पु¥याउँदै आएका चौतारीहरु अचेल संकटमा परेका छन् । बढ्दो शहरीकरण र विकास निर्माण कार्यमा आएको तीब्रता संगै चौतारीहरु विनास भैरहेका छन् । शहरी क्षेत्रमा चौपारीहरु उपेक्षित हुँदै गएको महशुस गरेका छन् पूर्वीय दर्शनका अध्येता डा.बाबुराम ज्ञवालीले । उनी भन्छन्, “मानिसहरुले वर पिपलको वातावरणीय र धार्मिक महत्व नबुझेकोले पुर्खाले बनाईदिएका धरोहरहरु विनास हुँदैछन् । घर छेकिन्छ भनेर स्थानीयले रुखका हाँगा काट्ने र सडक विस्तार गर्ने भन्दै चौपारी भत्काउने गरेकोले शहरी क्षेत्रबाट वर पिपल चौपारीहरु लोप हुन लागेका छन् ।”

ज्ञवालीले भने जस्तै अचेल बुटवलको नगर क्षेत्रमा वरपिपल चौतारीको दुर्दशा जो कोहीले पनि सजिलै देख्न सकिन्छ । बुटवलको मुख्य सहरी क्षेत्रबाट चौतारीहरु हराईसकेका छन् । अन्य क्षेत्रमा पनि नयाँ चौतारीहरु बनेका छैनन् बरु भत्काएर कुरूप बनाएका र हाँगा काटेर ठुटो बनाएका वरपिपल भएका चौतारीहरु भने धेरै ठाउँमा देख्न पाइन्छ । बुटवलमा घडेरीको आकाशिदो मूल्य र घर निर्माणमा आएको तीब्रताले गर्दा भित्रि वस्तीमा रहेका समेत वरपिपल काट्ने र चौपारी भत्काउने काम भैरहेको छ ।

पहिलेपहिले पुण्य प्राप्त गर्न र नाम राख्नको लागि चौपारी बनाउने र बाउबाजेले रोपेको बर पिपल नाशिएमा पुर्खाले श्राप दिन्छन् र पाप लाग्छ भन्ने विश्वासको कारण मानिसहरुले चौपारी बनाउने र संरक्षण गर्ने गरेको भएपनि वर पिपल चौपारी निर्माण गर्दा पुण्य लाभ हुन्छ भन्ने धार्मिक मान्यतामा कमी आएको पुराना चौपारिहरु भत्काउने कामले तीब्रता पाएको बताउँछन् दुर्गा संस्कृत विद्यापिठका शिक्षक पण्डित मित्रलाल भण्डारी ।

चौपारीहरु मात्र हराएका छैनन्, अचेल मठमन्दिर भएका ठाँउमा बाहेक अन्यत्र बर पिपल र समिका सद्धे रुखहरु समेत दुर्लभ हँुदै गएका छन् ।

पछिल्लो समयमा बुटवल–बेलहिया व्यापारिक सडक निर्माणको क्रममा सडक किनारमा बनाइएका सय भन्दा धेरै चौतारीहरु भत्काईएको छ । चौपारी भत्काउँदा सडक सुन्दरता, सभ्यता र यात्रीको सुबिधा खोसिएको बताउँछन् मिलनचोक तीनकुनेका बासिन्दा गोविन्द प्रसाद पाण्डे । उनी भन्छन्, “चौपारी हराउँदा धार्मिक गतिविधिमा असर पुगेको मात्र छैन, चराचुरुंगीको बासस्थान यात्रुहरुको शितलता पनि खोसिएको छ ।”

शहरी क्षेत्रमा वरपिपल चौतारीहरु नासिदै गएपछि शहरमा हरियालीे हराउँदै गएको मात्र छैन, शहरी क्षेत्रमा चराचुरुंगीको चहलपहल पनि घट्दै गएको छ । शहरी क्षेत्रमा काग, बकुल्ला, डान्ग्रे र सारौ जस्ता चराहरुले वरपिपलका रुखलाई नै वासस्थान बनाईरहेकोमा ती रुखहरु मासिदै जाँदा सहरी क्षेत्रमा चराहरुको क¥र्याङकुरुङ र चिरविर सुन्न छोडिएको छ ।

वरपिपल चौतारीहरु नाशिदै जानु सांस्कृतिक विचलन मात्र नभएर प्रकृति प्रतिको वेवास्ता भएको बताउँछन् सुख्खानगरका कृष्ण प्रसाद शर्मा तिवारी । उनी भन्छन्, “वर पिपल जस्ता गुणकारी वनस्पतिको संरक्षण गर्न नसक्नु भनेको आफ्नै संस्कृति मेट्नु हो । लोक कल्याणकारी वरपिपल चौतारी बनाउन र संरक्षण गर्न सकेमा संस्कृतिको संरक्षण मात्र हुदैन, पर्यावरणको रक्षा समेत हुन्छ ।”

शहरमा वरपिपल काटिदै र चौपारीहरु मासिंदै गएपछि गमलामा पिपल रोपेर घरका कम्पाउण्ड र छतमा राख्ने चलन बढ्दो छ । “बाउबाजेहरुले बाटोघाटोमा चौपारी बनाएर र त्यही पुजा गर्थे, हामी भने गमलाको पिपलको पुजा गर्नुपर्ने अवस्थामा आएका छौ”, पिपल पुजा गरिरहेकाहरु भन्छन्, “चौपारी भएनन् भनेर सस्कृति छोड्न सकिएन, गमलाकै पिपल पुजा गरेर भएपनि सस्कार त जोगाउनै प¥र्यो ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?