Butwal Today

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

७ बैशाख २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं।

एसीसी प्रिमियर कपको सेमिफाइलनमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् ।