ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
सन्दर्भः जितगढी विजयोत्सव २०८१

जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं

७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

नेपाल र अङ्ग्रेजबीच युद्ध भएको २ सय ९ वर्ष पुगेछ । नेपाल र अग्रेजबीच नेपालका विभिन्न ठाउँमा युद्ध भए । ति मध्ये नेपालले अङ्ग्रेजलाई जितेको बुटवलको जितगढी युद्धमा हो । वि.सं. १८७१–७२ मा बुटवल र स्युराज (हाल कपिलबस्तुको शिवराज नगरपालिका क्षेत्र) माथि अङ्ग्रेजले आक्रमण गरेपछि नेपाल र अङ्ग्रेजबीच घमासान युद्ध भएको थियो । पुस महिनामा पहिलोपटक आक्रमण गरेको अङग्रेज फौज नराम्ररी पराजित भएपछि पछाडी हटेको थियो । फेरी दोस्रो पटक बैंशाखमा अङ्ग्रेजले बुटवल र स्यूराजमाथि आक्रमण गरेको थियो । दोस्रो पटक पनि अङ्ग्रेज नराम्रोसँग पराजित भएपछि भागेको थियो । अङग्रेज फौजतर्फ सैन्य शक्तिको ठूलो क्षति भएपछि अङ्ग्रेजहरू युद्ध मोर्चा छोडी भागाभाग गरेको इतिहासकारहरूको भनाई छ । वास्तवमा यो युद्धमा नेपाल पक्षले आधुनिक हातहतियारले सुसज्जीत र विश्व विजयको महत्वाकांक्षा बोकेको शक्तिशाली अङ्ग्रेज फौजको कुशलतापूर्वक मुकाविला गरेको थियो । युद्ध लड्नको लागि घना झाडी तथा जङ्गल र उकालो डाँडा भएको प्राकृतिक बनोटले नेपाली फौजलाई सुविधा मिलेको थियो । अङ्ग्रेज पक्षलाई युद्ध लड्न भुगोल प्रतिकूल थियो । जितगढी निर्माण गर्दा नै बुद्धिमतापूर्वक र रणनीतिक ढङ्गले निर्माण गरिएको रहेछ । पाल्पाको तानसेनस्थित पाल्पाली राजाको दरबारको रक्षा गर्ने उद्देश्यले बटौली (बुटवल) मा पहिलो गढी, पाल्पाको नुवाकोट डाँडामा दोस्रो सानो काठे गढी र नुवाकोट गढी निर्माण गरिएका थिए । दक्षिण तर्फबाट आइलाग्ने शत्रुलाई प्रारम्भमै बुटवलमै रोक्ने र नसकेमा नुवाकोट गढीमा रोक्ने रणनीति थियो । यही रणनीति अनुसार नै अङ्ग्रेजलाई नेपाली सेनाले बुटवलबाटै भगाएको थियो । तानसेन, पुरानो पाल्पा राज्यको राजधानी हो भने राणा शासनकाल र पछिसम्म पनि पश्चिम नेपालको मुख्य प्रशासनिक केन्द्र हो ।

अङ्ग्रेजले बुटवल र स्यूराजमाथि आक्रमण गर्नुको मुख्य उद्देश्य पाल्पाको पहाडी इलाकामा दरबारहरू बनाएर सुखसयलपूर्वक बस्ने, यस क्षेत्रका घना जङ्गलका बुढा पुराना रुखहरू हात पार्ने र यही भाग हुँदै तिब्बततर्फ व्यापार विस्तार गर्ने उद्देश्यले बुटवल–पाल्पामाथि अङग्रेजले आँखा गाडेको इतिहासकारहरूको भनाई छ । विश्व विजयको महत्वाकांक्षा बोकेको आधुनीक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई नेपाली सेनाले जितेको ऐतिहासिक र सामरिक भूमि हो, बुटवलको जीतगढी । त्यसकारण यो भूमिको महिमा हामी नेपालीले संसारभरी फैलाउनुपर्छ । एक ऐतिहासिक र सामरिक स्थलका रूपमा । नेपालले विश्व विजयी अङग्रेजलाई जितेको विरताको चिनोको रूपमा । यस्तो नेपाली विरताको चिनो जितगढी, जहाँबाट अङ्ग्रेजी साम्राज्यवादको पाइला टक्क रोकिएको थियो, त्यस्तो स्थलको हामी नेपालीले राम्रो प्रचार प्रसार र समुचित ढङ्गले पर्यटकीय विकास र प्रबद्र्धन गर्न चुकेका छौं । बैशाख ७ गतेलाई जितगढी विजयोत्सवको प्रामाणिक दिन मानिएको छ । जितगढीमा नेपालले अङ्ग्रेजलाई जितेको स्थल भएपनि लामो अवधि सम्म यो ओझेलमा रह्यो । १ सय ७८ वर्षपछि बल्ल २०५० सालदेखि यसको संरक्षण र पर्यटकीय विकास गर्ने साेंच स्थानीय समाजले अघि बढाएको हो । २०४९–२०५४ कार्यकालको बुटवल नगरपालिका बोर्डले यसको संरक्षण सम्बन्धी साेंच अघि बढाउँदै पुरातत्व विभागको ध्यानाकर्षण गराएपछि २०५० सालमा सामान्य संरक्षण र २०५२ र २०७१/७२ मा परिक्षण उत्खनन गरिएको थियो । त्यसपछि यसको उत्खनन हुन सकेको छैन । पूर्ण उत्खनन बाँकी छ । २०५४–०५९ कार्यकालको बुटवल नगरपालिका बोर्डले जितगढीमा उजिरसिंह थापाको अद्र्धकदको शालिक निर्माण गरी जितगढीका नायक कर्णेल उजिरसिंह थापाको योगदान र जितगढीको महिमा फैलाउने काम गरेको थियो । यसपछि अझ ठोस काम बुटवल उपमहानगरपालिकाको २०७४–७९ कार्यकालको बोर्डले गरेको पाइन्छ । २०७४ साल चैत २६ गतेको बुटवल उपमहानगरपालिकाको बोर्ड बैंठकले यसको गुरुयोजना बनाएर विकास गर्ने निर्णय गरेको थियो ।

गुरुयोजना अनुसार नेपाली सेनासँगको सहकार्यमा राष्ट्रिय झण्डा फहराउने, विशाल नेपालको नक्सा राख्ने, कर्णेल उजिरसिंहको पूर्णकदको शालिक स्थापना गर्ने, अन्य वीर योद्धाहरूको शालिक निर्माण गर्ने, युद्धको छाया चित्र (डमी) निर्माण गरी युद्धको झल्को दिने, जितगढी सङ्ग्रहालय निर्माण गर्ने आदी काम भए । बैशाख ७ गते जितगढी विजयोत्सव मनाउने कार्यको थालनी पनि यही अवधिमा भयो । हामीले जितगढी र उजिरसिंह थापाको बारेमा सञ्चार माध्यममा समाचार एवं लेख रचना प्रकाशित गरी राष्ट्रको ध्यानाकर्षण गराउने काम गरिरह्यौं । फलस्वरूप अहिले पछिल्लो अवधिमा जितगढी र उजिरसिंह थापाको योगदानबारे स्थानीय समाज सुसूचित हुँदैछ र महिमा गान गाउन थालेको छ । रूपन्देही जिल्ला शारिरीक सुगठन तथा फिट्नेस सङ्घले २०७९ र २०८० सालमा उजिरसिंह शारिरीक सुगठन प्रतियोगिता सम्पन्न गरेको छ । बुद्धिचाल सङ्घ बुटवल नगर समितिले उजिरसिंह बुद्धिचाल अन्तर्राष्ट्रिय प्रतियोगिता बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा २०८० साल चैत २४–२७ गते सम्म सम्पन्न गरेको छ । पाल्पाको तानसेनमा उजिरसिंह गोल्डकप फुटवल प्रतियोगिता २०८० सालदेखि शुरु गरिएको छ । लामो समयसम्म जितगढी र उजिरसिंहबारे समाचार, फिचर र लेख लेखनको अनुभवको आधारमा उजिरसिंह थापा राष्ट्रिय विभूति बनाउन लायक पात्र हुन भन्ने लागेकाले २०८० सालको बैशाख ८ गते शुक्रबार जितगढी विजयोत्सव २०८० को अवसरमा बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिकमा मैले ‘उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर’ भनि लेख प्रकाशित गरेपछि स्थानीय समाज उजिरसिंह थापाको योगदान र महिमाबारे थप सुसूचित भएको छ । यसपछि बुटवल उपमहानगरपालिकाको २०८० साल पुस १३ गतेको नगरसभाले उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न नेपाल सरकारसँग माग राख्ने निर्णय पारित गरेको छ । २०८०/९/१३ को बुटवल उपमहानगरपालिकाको निर्णय नम्बर १४.२.९ (क) मा लेखिएको छ –“रूपन्देही जिल्ला बुटवल उपमहानगरपालिका अन्तर्गत वडा नं. १ मा नेपाल अङ्ग्रेज युद्धमा नेपालले अङग्रेजलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्ला रहेको छ । तत्कालिन नेपाली सेनाका कमाण्डर कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली सेनाले अङ्ग्रेज सेनालाई परास्त गरेको बैशाख ७ गतेको ऐतिहासिक दिनलाई बुटवल उपमहानगरपालिकाले विजय उत्सव दिवसको रूपमा मनाउने गरी सार्वजनिक विदा कायम गरेको हुँदा उक्त ऐतिहासिक जित हासिल गरेको जितगढी किल्लाका नेतृत्वकर्ता कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभूतिको सम्मान दिनकोलागि प्रदेश सरकार र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सङ्घीय सरकारमा अनुरोध गर्ने निर्णय गरियो” । नेपाली सेनाद्वारा २०८० साल पुस २० गते आयोजित बुटवल उपमहानगरपालिकालाई जितगढीको संरक्षण र प्रबद्र्धन गर्ने जिम्मेवारी हस्तान्तरण सम्बन्धी भव्य समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले समारोहका प्रमुख अतिथी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न माग राखेका छन् । बुटवल टुडे दैनिकले यस सम्बन्धि समाचार प्रकाशित गरेको छ र बुटवल टुडे दैनिकले सम्पादकीय समेत लेखेर उजिरसिंहलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

नेपाली सेनाले २०८१ बैशाख ३ गते नुवाकोटगढीमा उजिरसिंह थापाको पूर्ण कदको शालिक स्थापना गरेको छ । यो शालिक नेपाली सेना, तिनाउ गाउँपालिका पाल्पा र बुटवलस्थित साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको रु. १५ लाख लगानीमा स्थापना भएको हो । बुटवल उपमहानगरपालिकाले आफूकहाँ आउने विशिष्ट अतिथीहरूलाई उपहारस्वरूप उजिरसिंह थापाको तस्वीर आकर्षक फ्रेममा राखेर बाँड्न थालेको छ । साथै जितगढीको चित्र अङ्कित उपहार सामग्री पनि तयार गरी बाँड्न थालेको छ । बुटवल उपमहानगरपालिकाद्वारा बालमन्दिर अगाडी उजिरसिंह चौतारी निर्माणाधिन छ । बुटवल उद्योग बाणिज्य सङ्घले पनि आफूकहाँ आउने विशिष्ट अतिथीहरूलाई उपहारस्वरूप जितगढीको चित्र अङ्कित सामग्री बाड्न थालेको छ । उजिरसिंह थापाको नाममा स्थापित बुटवलको उजिरसिंह माविले २०८० पुसमा आयोजित हिरक जयन्तीको अवसरमा उजिरसिंह स्मृति ग्रन्थ प्रकाशित गरी जितगढी र उजिरसिंहको महिमा थप उजागर गरेको छ । यो क्रमले निरन्तरता पाउनुपर्छ । थप परिष्कृत ढङ्गले विभिन्न माध्यमबाट जितगढी र उजिरसिंह थापाको महिमा प्रचार प्रसार गरिनुपर्छ । रूपन्देहीको बुटवल उपमहानगरपालिका, कपिलबस्तुको शिवराज नगरपालिका र पाल्पाको तिनाउ गाउँपालिका एवं तानसेन नगरपालिकाले जितगढी र उजिरसिंह थापाको महिमा प्रचारलाई प्राथमिकता दिइनुपर्छ । यदि यो क्षेत्रमा कुशलतापूर्वक लडेर उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले यो भूमिको रक्षा नगरेको भए यो भूमि अहिले नेपालमा हुँदैनथ्यो । नेपालको नक्सा नै फरकरूपमा पाउँथ्यौं हामीले । यस क्षेत्रको आर्थिक विकासकोलागि जितगढीको पर्यटकीय विकास र प्रबद्र्धन गर्न बुटवल, शिवराज, तिनाउ र तानसेन नगरपालिकाले पहिलो प्राथमिकता दिनु आवश्यक छ ।

यस कार्यमा तानसेन जोडिनु किन आवश्यक छ भने उजिरसिंह र अङ्ग्रेजसँग लडेको नेपाली सेनाको मुकाम तानसेन थियो । युद्धस्थल जितगढी र नुवाकोटगढी हो । तानसेनमा नेपाली सेनाद्वारा भगवती मन्दिर अगाडी विजय स्तम्भ र उजिरसिंहको शालिक स्थापना गरिएको छ । नुवाकोट गढीमा नेपाली सेनाले उजिरसिंहको शालिक स्थापनासँगै सेनाको टुकडी पनि राख्नु उपयुक्त हुनेछ । नुवाकोटगढी राम्रो पर्यटकीय गन्तव्य बन्दैछ । बुटवलदेखि नुवाकोटगढीसम्म सञ्चालन हुने केबलकारले यसको पर्यटकीय प्रबद्र्धनमा टेवा पु¥याउनेछ । पाल्पाको भगवती जात्रा नेपाल अङ्ग्रेज युद्धको स्मारक हो । तानसेन स्थित भगवती मातासँग नेपाल अङ्ग्रेज युद्धमा लडाईकालागि प्रस्थान गर्ने बेलामा नेपाली सेनाका कमाण्डर उजिरसिंह थापाले यदि यो युद्धमा जित हासिल गरेमा भगवती माताको सेवास्वरूप जात्रा चलाउने छु भनि भाकल गरेका थिए । भाकल गरे अनुसार युद्धमा नेपाली सेनाको जित भयो । भाकल अनुसार उजिरसिंह थापाले रणउजिरेश्वरी भगवती जात्रा चलाउने व्यवस्था मिलाए । जो अहिलेसम्म हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट नवमीको दिन भव्य रूपमा जात्रा निकालिन्छ । कृष्ण जन्माष्टमीको मध्य रातमा भगवतीको विशेष पूजा र नवमीको दिन भव्य जात्रा निकालिन्छ । यसकारण बुटवल, शिवराज, तिनाउ र तानसेन नगरपालिका मिलेर जितगढी, उजिरसिंह थापा र भगवती जात्राको महिमा अझ फैलाउनुपर्छ । संसारव्यापी बनाउनुपर्छ । जितगढीलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउन, उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गराउन र भगवती जात्राको दिन राष्ट्रिय विदा वा राष्ट्रिय पर्वको रूपमा मनाउने व्यवस्था मिलाउनकोलागि पहल गर्नुपर्छ । जितगढी, उजिरसिंह थापा र भगवती जात्राको अन्योन्याश्रीत सम्बन्ध छ । जितगढी, उजिरसिंह थापा र भगवती जात्राको महिमा प्रचारले पश्चिम नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्नेछ । यो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नेछ । मुलुककैलागि आर्थिक श्रोतको एउटा आधारस्तम्भ बन्ने छ यो क्षेत्र ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?