ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

ऐतिहासिक जितगढीः बुटवलको गौरव

७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

आज बैशाख ७ गते । २०९ बर्ष अघि आजकै दिन बुटवलको जितगढी किल्लामा नेपाली बीर फौजले अंग्रेजलाई परास्त गरेको दिन । आजको दिन नेपालकै लागि ऐतिहासिक र खुसीको दिन पनि हो । त्यसमाथि समस्त बुटवलबासीका लागि अझै गौरवको दिन हो । बुटवलका लागि आजको दिन खुसीको दिनमात्र होइन, ऐतिहासिक दिन पनि हो । बुटवल उपमहानगरपालिकाले केही बर्षदेखि जितगढीमा अंग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै बैशाख ७ गतेलाई जितगढी बिजयोत्सव दिवसको रूपमा मनाउँदै आएको छ । बुटवलको जितगढी किल्लामा भएको नेपाल अंग्रेज युद्धमा उजिरसिंह थापाको कप्तानीमा रहेको नेपाली फौजले अंग्रेजलाई परास्त गरेको थियो । तसर्थ बुटवलको जितगढी किल्ला बीर पुर्खाहरूको पौरख रक्तरञ्जित भएको ऐतिहासिक किल्ला हो । जितगढीको इतिहास, यसको गौरव आदिलाई ह्दयंगम गरि जितगढी किल्लालाई विश्व सम्पदामा सुचिकृत गर्नेतर्फ सरकारले अविलम्ब पहल गर्नुपर्छ । जितगढी किल्लाको बिस्तृत उत्खनन बाँकी छ । अतः जितगढीको व्यापक रूपमा पुरातात्वीक खोज अनुसन्धान वा अन्वेषण गरिनुपर्छ । जितगढी युद्धको नेतृत्व गर्ने कर्णेल उजीर सिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्दछ । बुटवलको जितगढीदेखि पाल्पाको नुवाकोट गढी सम्मको इलाका र प्राचीन बटौली बजारलाई समेत जोडेर यस क्षेत्रको विकासमा ध्यान दिनु जरुरी छ ।

जितगढीको बिस्तृत गुरुयोजना अझै बनेको छैन । अवका दिनमा जितगढीको बिस्तृत गुरुयोजना निर्माण गरेर जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल बजारलाई प्राचीन बजार र पुरातात्विक स्थलको रूपमा विकास गर्ने तथा जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजनाका साथ काम अघि बढाउनु जरुरी छ । बिगतमा धेरैपटक जितगढी संरक्षणको कुरा नउठेको होइन । तर, त्यसको नेतृत्व लिएर काम गर्ने टिमको अभाव थियो । नेपालको यस्तो ऐतिहासिक किल्ला बषौंसम्म बेबारिसे हुनु नेपालकै लागि शोभनीय थिएन । यसमा नेपाल सरकारको त कहिल्यैपनि ध्यान गएन । जेहोस बुटवल उपमहानगरको प्रमुखमा निर्वाचित भएपछि शिवराज सुवेदीले २०७५ सालदेखि जितगढी उत्सव मनाउने परम्परा सुरुवात गर्नुभयो । नेपाली सेनाले समेत जितगढीको बिषयमा चासो र संरक्षणको लागि प्रयास सुरु ग¥यो । फलस्वरूप अहिले जितगढीको स्वरूपमा परिवर्तन आएको छ । नेपालको यहीमात्र एक किल्ला हो– जहाँबाट अंग्रेज फौज परास्त भएको थियो । युद्धका दौरानमा नेपाली सेनाका धेरै बीर सपुतको रगत बगेको छ । आज ती बीर सपुतलाई सम्झनु पर्दछ जसले नेपालको भूमि जोगाउन ठूलो योगदान दिए । जितगढी किल्लामा बीरगति प्राप्त गरेका १२ जना सैनिकको जितगढीमा शालिक निर्माण भएको छ । जितगढी युद्ध संग्रहालयको निर्माण भएको छ । अवको दिनमा जितगढीलाई युद्ध स्मारकका रूपमा विकास गर्न सकियो भने यसबाट स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ । यसमा दह्रो प्रतिवद्धताको आवश्यकता छ । अब जितगढीमा अंग्रेजसंग लडाईको नेतृत्व गर्ने कर्णेल उजीरसिंह थापालाई राष्ट्रिय बिभूति घोषणा गर्नेतर्फ अबिलम्ब सरकारको ध्यानाकर्षण होस् । त्यसो त बुटवल उपमहानगरले औपचारिकरूपमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यो बिषयमा प्रस्ताव गरिसकेको छ । अव ढिला नगरि उजीरसिंह थापालाई राष्ट्रिय बिभूति घोषणा गर्ने बिषयमा सरकारलाई दवाव दिनु जरुरी छ । जितगढी किल्ला र यस वरिपरीको क्षेत्रको विस्तृत उत्खनन नहँुदा यो क्षेत्रमा रहेका ऐतिहासिक वस्तुहरू अझैपनि ओझेलमा परेका छन् । तसर्थ अझैपनि जितगढी किल्लाको बृहद् उत्खनन आवश्यक छ । यसतर्फ पहल होस् । खासगरि उजीरसिंह थापालाई राष्ट्रिय बिभूति घोषणा गर्ने र जितगढी किल्लाको अझै बिस्तृत उत्खनन गरि यसको थप इतिहास खोजी गर्नेतर्फ सरकार, बुटवल उपमहानगर र नेपाली सेनाको ध्यानाकर्षण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?