ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

संजिवनी टोलको १० औ रक्तदान

७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

बुटवल, ७ बैशाख । संजिवनी टोल विकास संस्थाले नियमित बार्षिक कार्यक्रम रक्तदान कार्यक्रम गरेको छ । बर्षको पहिलो महिनाको पहिलो शनिबार रक्तदान कार्यक्रम अभियान चलाएको संस्थाले यो बर्ष १० औ रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गर्दै नगर विकासको अगुवाई टोल संस्थाहरुबाट हुने गरेको बताए । समुदायका मानिसहरुलाई जुटाएर सामाजिक कार्यमा अग्रसर गराउने र समुदायमा एकता ल्याउने काम टोल संस्थाबाट भएको उनले बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको महत्वबारे प्रकाश पार्दै रगत अभावकै कारण मृत्यु हुने दर घटाउन रक्तदान अभियान जरुरी रहेको बताए । पछिल्लो वर्षहरुमा धेरै पालिकाहरु निशुल्क रगत अभियानमा जोडिनु सकारात्मक पाटो भएको भन्दै यसमा टोलटोल र समुदायको साथ सधै रहदै आएको उनले बताए ।

कार्यक्रममा टोल विकास संस्थाको अध्यक्ष हरि बहादुर गहतराजले टोलमा सरसफाई, खानेपानी तथा सामाजिक कार्यमा आफुहरु निरन्तर अभियान चलाउदै आएको बताए ।

कार्यक्रममा वडा सदस्य हेमा थामी, छिमेकी टोल विकास संस्थाका टेक बहादुर गुरुङ, नवदुर्गा मन्दिर समितिका अध्यक्ष अर्जुन कुवर, राष्टिय गहुबाली अनुसन्धान केन्द्रका अधिकृत हरिश्चन्द्र बिक, मिशन ग्रुप नेपाल बुटवलका हुम श्रेष्ठ, सामाजिक मेलमिलाप केन्द्रका सदस्य लक्ष्मण ज्ञवाली, संस्थापक अध्यक्ष सीता बिक, सल्लाहकार नरेन्द्र कुमार शर्मा, उपाध्यक्ष ईन्द्र बहादुर थापाले लागुऔषध र सरसफाईका कार्यक्रमलाई जोड दिनुपर्ने बताए ।
नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४१ जना पुरुष र ११ जना महिला गरि ५२ युनिट रगत संकलन भएको संस्थाका सचिव देविका मास्कीले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?