Butwal Today

अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा

६ बैशाख २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले निजी सवारीको ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा सेवा सुरु गरेको छ । कम्पनीले पहिलो चरणमा यो सेवा काठमाडौं उपत्यकामा उपलब्ध गराएको हो ।

यो सेवा लिन ईसेवा एपमा ‘New Services’ अन्तर्गत “eSewa Bluebook Renewal Service’ छानेर आफ्नो सवारी साधनको विवरण भरी सवारी कर नवीकरण शुल्क साथै तेस्रो पक्ष बिमा शुल्क तिरी सर्भिस रिक्वेस्ट गर्न सकिन्छ ।

‘‘काठमाडौं उपत्यकामा ब्लुबुक सङ्कलन गरी तीन दिनभित्र यातायात कार्यालयको स्ट्याम्प र बीमा पोलिसी सहित प्रयोगकर्ताको पायक पर्ने स्थानमा डेलिभर गरिनेछ,’’ कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

हाल यो सेवा उपयोग गर्न कुनै अतिरिक्त सेवाशुल्क भुक्तानी गर्नु नपर्ने ईसेवाले जनाएको छ ।