ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा

६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार

सल्यान, ६ वैशाख ।

सल्यान उद्योग वाणिज्य संघको शनिबार हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन समितिका अनुसार मतपत्र देखि निर्वाचन सामग्री व्यवस्थापन र सुरक्षा प्रवन्धको काम पूरा भइसकेको छ । शुक्रबार सरोकारवाला सहित निर्वाचन समितिको बैठक बसेर अन्य आवश्यक निर्णय गरिने सल्यान उद्योग वाणिज्य संघको निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार विहान ७ बजेदेखि उम्मेदवारहरुले प्रचारप्रसार गर्न नपाउने पनि निर्वाचन समितिका संयोजक विर बहादुर सेजवालले जानकारी दिए । उनका अनुसार मौन अवधिमा प्रचारप्रसार लगायतका नियमविपरित कार्य गरेमा नियन्त्रणमा लिने, स्पष्टीकरण सोध्नेदेखि पुष्टी भएमा उम्मेदवारी खारेज सम्मको कारवाही हुने छ । शनिबार विहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन संयोजक सेजवालले जनाए । पदाधिकारीको एउटा र सदस्यहरुको एउटा गरेर दुईवटा मतपत्र रहने जानकारी दिदै उनले उद्योग वाणिज्य संघको हलमा हुने मतदानमा ६ वटा मतपेटीकामा मतदान गर्न सक्ने व्यवस्था मिलाइने बताए । मतदाताले साथमा स्थायी लेखा नम्बरको सक्कल, आफ्नो परिचय खुल्ने मान्यता प्राप्त परिचयपत्र नागरिकता, मतदाता परिचयपत्र, सवारी लाइसेन्स, राष्ट्रिय परिचयपत्र मध्ये कुनै एक ल्याउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।

सल्यान उद्योग वाणिज्य संघको निर्वाचनमा २१ पदका लागि ४२ जना उम्मेदवारहरुले प्रतिष्पर्धा गर्दैछन् । जिल्लाभर एक हजार ९२६ जना मतदाता रहेको निर्वाचन संयोजक सेजवालले जनाए । निर्वाचनलाई मर्यादित, विश्वसनीय, पारदर्शी, निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि सिसि कयामेराबाट निगरानी संगै आवश्यक जनशक्ति व्यवस्थापन गरिने उनको भनाई छ । ५ जनाको निर्वाचन समिति संगै कार्यालयको अन्य जनशक्तिलाई पनि निर्वाचनमा उपयोग गरिने सेजवालले बताए ।

आगामी नयाँ नेतृत्वको लागि दुई वटा प्यानल बनाएर उम्मेदवारहरु निर्वाचनमा होमिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको समर्थनमा संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्षमा बिरेन्द्र श्रेष्ठ र नेपाली कांग्रेस र राप्रपाको समर्थनमा संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट भरत बस्नेतले अध्यक्ष पदमा प्रतिष्पर्धा गर्दैछन् ।

संयुक्त व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्षमा पलविर नेपाली, महासचिवमा मोहन सारु, सचिवमा रन बहादुर खडका र कोषाध्यक्षमा नरेन्द्र बुढा मगरले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसी, वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढा, उद्योग उपाध्यक्षमा हपिस भण्डारी, महासचिवमा मानबहादुर वली, सचिवमा ईन्द्रा भण्डारी र कोषाध्यक्षमा कमल घर्तीमगरले प्रतिष्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?