ट्रेंडिंग:

>> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो

लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’

६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार

बुटवल, ६ बैसाख ।   लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुर महरा र सत्ता गठबन्धनका दलहरुले नेकपा एकीकृत समाजवादीलाई ‘खेलौना’ जस्तै बनाएका छन् ।

चैत २२ गते एकीकृत समाजवादीलाई एउटा मन्त्रालय दिने लिखित सहमति भएको थियो । तर बिहीबार मुख्यमन्त्रीले मन्त्रिपरिषद विस्तार गरी १० सदस्यीय बनाउंदा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई मन्त्री नियुक्त गरेनन् । एकीकृत समाजवादीलाई सरकारमा सहभागी नगराउने मुख्यमन्त्री जोखबहादुर महराको निर्णय केही घण्टा पनि टिक्न सकेन ।

र केहीबेरमै फेरि ११ औं नम्बरमा विनाविभागीय मन्त्री नियुक्त गरे । यसरी हेर्दा शुरुमा एकीकृत समाजवादीलाई अवमूल्यन गरी खेलौना जस्तै बनाएका मुख्यमन्त्रीले उक्त पार्टीको आपत्तिपछि मन्त्री बनाउन बाध्य भएको सहजै बुझ्न सकिन्छ । १० सदस्यीय मन्त्रिपरिषदमा एमालेबाट दिनेश पन्थी,अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी,स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत विनाविभागीय मन्त्री नियुक्त भएको सार्वजनिक भयो । यसअघि चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेका थिए ।
१० सदस्यीय मन्त्रिपरिषदको सूचि सार्वजनिक भएपछि एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीले मुख्यमन्त्री र सत्ता गठबन्धनका दलहरुले आफ्नो दलमाथि बेइमानी गरेको प्रतिक्रिया दिइन् ।

हुन पनि चैत २२ गते सत्ता गठबन्धनका चार दल र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच ७ बुंदे सहमतिमा जनता समाजवादी पार्टीलाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति थियो ।
तर आज बिहीबार मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरी १० सदस्यीय बनाउंदा स्वतन्त्र सांसद बस्नेतलाई विना विभागी मन्त्रि नियुक्त गर्दा एकीकृत समाजवादीलाई भने सरकारमा सहभागी गराएनन् ।
सहमति अनुसार मन्त्रि नियुक्त नभएपछि उनले मुख्यमन्त्रीप्रति रोष व्यक्त गर्दै अब मुख्यमन्त्री र सरकारलाई विश्वास गर्न, साथ दिन नसकिने बताइन् ।
यसबारे पत्रकारहरुले सरकारका प्रवक्ता दीपेन्द्र पुनसंग प्रतिक्रिया माग्दा पनि ¬एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने टुंगो नलागेको बताए । तर त्यसको एक घण्टा नबित्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट नेकपा एकीकृत समाजवादीकी अधिकारीलाई पनि विना विभागीय मन्त्री नियुक्त भएको सूचि सार्वजनिक भयो । चार दलबीच सहमति भइसकेपछि नागरिक उन्मुक्ति पार्टीलाई पनि गठबन्धनमा मिसाएपछि आफ्नो दललाई हेपिएको र अन्तिममा फेरि मन्त्रिपरिषदमा राखिएको अधिकारीले टिप्पणी गरिन् । ‘मुख्यमन्त्री र गठबन्धनका दलहरुले हाम्रो पार्टीलाई खेलौना जस्तो बनाउने दुस्साहस गर्नुभयो, अन्त पनि सरकार तलमाथि हुने डरले फेरि एक घण्टा नबित्दै मन्त्री नियुक्त गर्नुभयोे’–अधिकारीले भनिन् ।
लिखित सहमतिमा जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय र शहरी विकास तथा पर्यटन मन्त्रालय दिने सहमति थियो ।
उक्त सहमति पालना नभएपछि जसपा प्रदेश अध्यक्ष अशोक यादवले आफूहरु सरकारमा नजाने बताएका छन् । तर जसपाका सांसद भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइसकिएको छ । जसपाका अरु दुई सांसद भने असन्तुष्ट छन् ।
७ बुंदे सहमतिमा प्रदेश सरकारबाट गरिने सबै राजनैतिक नियुक्तिहरुमा सरकारमा सहभागी सबै दलहरुलाई भागबण्डा गर्ने लगायत विषय समावेश छन् ।
मुख्यमन्त्री महराले एमालेले संसदीय दलका उपनेता अर्घाखांचीका चेतनारायण आचार्यलाई अर्थ मन्त्रालय, माओवादीका रोल्पाका दिपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाइ आजै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
यसअघि लिला गिरीको पालादेखि कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुंदासम्म १० सदस्यीय मन्त्रिपरिषद अब ११ बन्ने भएपछि मन्त्रालय फुटाउनुपर्ने भएको छ । चौधरीको पालामा मन्त्री थप्ने प्रयास हुंदा कांग्रेसकै शेखर कोइराला र गगन थापा पक्षले मन्त्रालयको संख्या कुनै हालतमा बढाउन नपाइने अडान लिएपछि रोकिएको थियो । एउटा मात्रै मन्त्री बढाउंदा मन्त्री, उनको सचिवालयका कर्मचारी, गाडी,इन्धन,आवास लगायत खर्च बढेर राज्यलाई वर्षेनी करोडौं आर्थिक भार थपिन्छ । प्रदेशहरुमा पछिल्लो समय देखिएको सत्ता फेरबदल र मन्त्रालय भागबण्डाको घिनलाग्दो खेलले आम सर्वसाधारणमा प्रदेश संरचनाप्रति चरम वितृष्णा र आक्रोश उत्पन्न हुंदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?