ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

राष्ट्रिय भूमि आयोग गठन गर

६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार

सरकारले राष्ट्रिय भूमि आयोग बिघटन गरेसंगै सुकुम्वासीहरूमा आफूले जोतभोग गर्दै आएको जग्गाको पुर्जा नपाईने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । गठबन्धन परिवर्तन भएसंगै सरकारले भूमि आयोग खारेज गरेको छ । यसले आम सुकुम्वासीहरूमा चिन्ता थपेको छ । यद्यपि सरकारले आयोग पुनर्गठन गर्ने प्रतिवद्धता जनाएको छ । सर्वोच्च अदालतले त्यसको कार्ययोजना स्पष्ट किटान नभै भूमि आयोग गठन नगर्न सरकारका नाममा आदेश दिएको छ । भूमि आयोगले निष्पक्षरूपमा आफ्नो काम अघि बढाईरहेको बेला सरकारले हठात आयोग नै खारेज गरेर अलोकप्रिय काम गरेको छ । जसको नेतृत्वमा भएपनि वास्तविक सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोबासीले लालपुर्जा पाउने कुरा थियो । त्यसमा कुनैपनि राजनैतिक दलको गन्ध अहिलेसम्म आएकै थिएन तर सरकार यो बिषयमा निरंकुश भएको छ । सरकारको निर्णयले हजारौं किसानको सपना तुषारापात भएको छ । यद्यपि भूमि आयोगले छिटै काम थाल्ने विश्वास आम सुकुम्वासीले गरेका छन । त्यसैपनि यो आयोगलाई शक्तिशाली आयोग भनिएको छ । तर, राजनैतिक पूर्वाग्रहको आधारमा सरकारले आयोग बिघटन गरेको छ । आशा छ– सरकारले राष्ट्रिय भूमि आयोगका पदाधिकारीले विगतमा जसरी निष्पक्ष काम सम्पादन गरिरहेका थिए, त्यो भन्दा अझै पारदर्शी, निष्पक्ष र प्रभावकारी ढंगले काम गर्नेछ । त्यसका लागि सरकारका तर्फबाट ठोस प्रतिवद्धता जरुरी छ ।

नेपालमा जमिन जोतभोगको करिब दुई हजार वर्ष पुरानो इतिहास छ । त्यसको करिव दुई हजार बर्ष पछि मात्रै विक्रमसम्बत २०२७ सालमा पहिलोपटक जग्गाको नापी सुरु भएको थियो । त्यसबेलाका शासक र जमिन्दारहरूले गरिव जनतालाई भूमिबाट बञ्चित गरेका थिए । भूमिको समान वितरण हुन सकेको थिएन । त्यसको प्रभाव अहिलेसम्म छ । अहिले गरिव, बिपन्नसंग जमिन छैन । त्यही कारण थियो । समाजमा हैकम जमाउनेहरूले अरूको जग्गा हडपेर समेत नापी गराए तर पहुँच नभएकाहरू पछि पर्दै गए । जसका कारण धेरै भूमिहीनहरू अवसरबाट वञ्चित हुनु परेको छ । हाम्रा हरेक सरकारहरू क्रान्तिकारी र बैज्ञानिक भूमि सुधारको नारा दिन्छन तर अन्ततः ती भाषण र नारामामात्रै सीमित हुने गरेका छन् । जसका कारण समस्या उत्पन्न हुने गरेको छ । अहिलेपनि नेपालमा अधिकांशले भूमिमाथिको स्वामित्व नभएको भन्दै बेलाबेलामा प्रदर्शन गर्ने गरेका छन । जुन सरकार बनेपनि भूमिहीनका मागप्रति बेवास्ता गरिएको छ । जमिन जोत्नेको हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता नेपालमा भने लागू भएको छैन । निश्चितरूपमा भूमिमाथि सबैको अधिकार हुनुपर्दछ । प्राकृतिक न्यायको सिद्धान्त बमोजिम भूमिमा सवैको अधिकार स्थापित हुनुपर्दछ । नेपालमा जग्गामाथि सबैको अधिकार स्थापित गरिनुपर्दछ । क्रान्तिकारी भूमिसुधारले यही भन्छ । वास्तविक भूमिहीनहरूलाई सरकारले जग्गाको ग्यारेण्टी गर्नुपर्दछ । क्रान्तिकारी बैज्ञानिक भूमि अधिकारको वकालत भैरहेको सन्दर्भमा भूमिहीनहरूले जग्गामा अधिकार पाउनुपर्दछ । त्यो उनीहरूको अधिकार पनि हो । भूमिमाथिको अधिकार नभएसम्म नयाँ नेपालको कल्पना पनि गर्न सकिदैन । तसर्थ अव सरकारले गठन गर्ने राष्ट्रिय भूमि आयोगले जग्गा नभएकाहरूलाई जग्गाको मालिक बनाउनेतर्फ प्रकृया चाल्नुपर्दछ । नेपालका धेरै जग्गा अझैपनि बाँझो रहने गरेका छन् । यसतर्फ सरकारको ध्यानाकषर्ण हुनु जरुरी छ । साथै सरकारले भूमिमा रहेका समस्या समाधानमा चासोमात्र दिएर मात्र हुँदैन कार्यान्वयन तहमा नै जानु अत्यावश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?