ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

उद्यम—व्यवसायमा महिला सहकारीको पाइला

सहकारी संस्थाहरूको प्रेरणा र आर्थिक सहयोगबाट नयाँ उद्यमीहरू देखिएका छन् । सहकारी संस्थाले आर्थिक रूपमा सफल बन्नुपर्छ भन्ने भोक जगाएको छ । सहकारी संस्था सदस्यको जीवन परिवर्तनको आधार बनेका छन् । आप्mनै गाउँ ठाउँमा बसेर केहि गर्छु भन्नेहरूका लागि केही क्रियाशिल महिला सहकारी सारथी बनेर उभिएका छन् ।
६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार

बुटवल, ६ बैशाख । सहकारी संस्थाहरूले बचत र ऋणका कार्यक्रम मात्रै नभएर महिला दिदी बहिनीहरूको जीवनस्तरलाई पनि माथि उठाउनमा सहयोग पनि गरिरहेका छन् । सहकारीहरूले तरकारी खेती, सिलाई बुनाई, बाख्रा—कुखुरा पालनदेखि सदस्यहरूलाई उद्यम विकासका काममा सघाइरहेका छन् । महिलाहरू मात्रै सदस्य रहेका कतिपय सहकारीहरूले पनि दिदी बहिनीहरूको आर्थिक अवस्थालाई माथि उठाउने उद्यम व्यवसायका कामलाई सहकारीसँग जोडेर गतिविधि गरिरहेका छन् ।

रूपन्देहीको सियारीमा रहेको नारी एकता महिला विकास बचत तथा ऋण सहकारी संस्थाले अहिले ढाकाको कपडा उत्पादन गरिरहेको छ । सहकारीमार्फत ढाका कपडा उद्योग स्थापना गरेर सदस्यहरूलाई रोजगारको अवसर दिएको छ । ढाकाका सामानहरू प्रति मानिसको लगाव बढिरहेको बेला सहकारीले यो व्यवसायलाई अगाडि सारेको संस्थाका पूर्व अध्यक्ष हुमाकान्ती भुर्तेलले बताउँछिन । उनले संस्थाले विभिन्न समयमा स्थानीय सरकारको सहयोगमा आफ्ना सदस्यहरूलाई सीप दिईरहेको बताईन । उनले ढाकाको तालिम पनि कोरोना महामारीको समयमा सिकेको बताईन । उनले सबै तिर बन्द थियो तर हामीले कोरोना माहामारीको समयलाई बचत गर्दे १३ जनालाई ढाका बन्ने तालिममा सहभागि गराएका थियौं । तीन महिनासम्म दुईजना प्रशिक्षकले सिकाएपछि हाम्रा सदस्यहरूले ढाका बुन्न सफल भएका छन् । अहिले ८ जनाले नियमित रूपमा ढाकाको साडी, तीन प्रकारका सल, खादा र ढाकाको ब्याग उत्पादन गरिरहेका छन् । उत्पादन भएका सामानहरू स्थानीय बजार र बुटवल बजारमा खपत भईरहेको छ । साडीको माग पु¥याउन सकिएको छैन । ढाका उत्पादन गर्ने सदस्यहरूले काम गरेको आधारमा पारिश्रमिक पाईरहनु भएको छ । आगामी दिनमा अझै धेरैलाई सिकाएर राम्रा र बजारको माग अनुसारका सामान उत्पादन गर्ने लक्ष्य सहकारी संस्थाले लिएको छ ।

तिलोत्तमा नगरपािलका १४ मा रहेको सरोकार महिला बचत तथा ऋण सहकारी संस्था लिले सदस्यहरूको आर्थिक अवस्थालाई बलियो बनाउने सोंचले प्रदान गरेको सर्फ (कपडा धुने धुलो साबुन) तालिमबाट अहिले आर्य आर्जन सदस्यहरू जोडिएको संस्थाका व्यवस्थापक यशोदा भुषालले बताईन । उनले तालिम लिएका मध्ये ७ जनाको समूहले अहिले व्यवसायिक रूपमा सर्फ उत्पादन गरिरहेका छन् । उनीहरूले उत्पादन गरेको सर्फलाई सहकारीले संस्थाबाट पनि बिक्री गरिरहेको छ । भुषाल भन्छिन् यो सजिलो पनि छ घरको काम धन्दा सकेर फुर्सदको समयमा समूहका सबै बसेर बनाउने र सबैले आ–आफ्नो तरिकाले बिक्री पनि गर्नु भएको छ । अहिले बजारमा यो सर्फ प्रति केजी १ सय २० रुपियाँमा बिक्री भईरहेको छ । समूहले १२ कुइन्टल सर्फ उत्पादन गरेर बिक्री गरिसकेको छ । यसले सदस्यहरूलाई घर खर्च चलाएर थोरै बचत गर्न पनि सहयोग पुगेको छ । यसलाई अझै कसरी व्यवस्थित गरेर उनीहरूलाई उद्यम तर्फ जोड्ने भन्ने विषयमा सहकारीमा बहस पनि शुरु भएको छ ।

सहकारी संस्थाहरूको प्रेरणा र आर्थिक सहयोगबाट नयाँ उद्यमीहरू देखिएका छन् । सहकारी संस्थाले आर्थिक रूपमा सफल बन्नपर्छ भन्ने भोक जगाएको छ । सहकारी संस्था सदस्यको जीवन परिवर्तनको आधार बनेका छन् । आप्mनै गाउँ ठाउँमा बसेर केही गर्छु भन्नेहरूका लागि केही क्रियाशिल महिला सहकारी सारथी बनेर उभिएका छन् ।

बुटवलको मैत्री पथमा लक्ष्मी महिला कृषि सहकारी संस्थाले पसल सञ्चालन गरेको छ । आफ्ना सदस्यहरूले उत्पादन गरेको तरकारी बजारीकरणका लागि पसल सञ्चालन गरेको छ । कृषि सहकारी कृषिसँग जोड्ने उद्देश्यले पसल सञ्चालनमा आएको संस्थाका व्यवस्थापक तुल्सा पाण्डेले बताईन । उनका अनुसार उक्त सहकारीले हामीले विशेष आफ्ना सदस्यले उत्पादन गरेको तरकारी, कम्पोष्ट मल बिक्री गर्दछ । उनले भनिन्, त्यसका साथै गाउँघरतिर पाईने अर्गानिक तरकारीहरू पनि बेच्ने गरेका छौ, किसानसँग जोडिने र उनीहरूको आर्थिक अवस्थालाई माथि उठाउँदै आर्यआर्जनमा जोड्नु हाम्रो सोंच हो । त्यसका लागि नै हामीले पसल सञ्चालनमा ल्याएका हांै । विगत तिन वर्षदेखि उक्त पसल सञ्चालनमा छ ।

साना किसान कृषि सहकारी संस्था लि खड्वा वनगाई, शुद्धोधनले डेरी सञ्चालनमा ल्याएको छ । विगत चार वर्षदेखि किसानले उत्पादन गरेको दुध संकलन गर्ने र बिक्री गर्ने गरिरहेको छ । सधै संस्थाले किसानलाई पशुपालन गर्ने प्रोत्साहन गर्ने तर उनीहरूको दूध व्यस्थापन हुन नसक्दा समस्या सृजना भएर किसानहरूमा निरासा बढेका कारण सहकारीले दुध संकलन केन्द्र स्थापना गरेको संस्थाका व्यवस्थापक नेत्रकुमारी सुवेदीले बताईन । उनले सहकारी दुध संकलन गर्दा किसानमा सकारात्मक उर्जा पुगेको छ । उत्पादन गरेको दुध कहाँ बेच्ने ? भन्ने चिन्ता हराएको छ ।

हाम्रो कार्यक्षेत्रको तीनवटा स्थानका संकलन केन्द्र स्थापना गरेर दुध संकलन र बिक्री गरिरहेका छांै । हामी कहाँ दैनिक ८ सय लिटर दुध संकलन हुन्छ । हामीले यहाँबाट पनिर, ध्यू, नौनी बनाएर पनि बिक्री गर्ने गरेका छौं हाम्रो तीन वटा शाखामा एक एक जनाले रोजगारी पाएका छन् । सहकारी संस्थाले बचत र ऋण मात्रै नभएर आफ्ना सदस्यहरूलाई आर्यआर्जनमा जोड्न आवश्यक छ । त्यसका लागि सहकारीहरू आर्थिक संकलनसँगै सदस्यहरूलाई उद्यम—व्यवसायमा जोड्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?