ट्रेंडिंग:

>> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन

लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’

६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार

बुटवल, ६ बैसाख ।   लुम्बिनीमा मुख्यमन्त्री जोखबहादुर महरा र सत्ता गठबन्धनका दलहरुले नेकपा एकीकृत समाजवादीलाई ‘खेलौना’ जस्तै बनाएका छन् ।

चैत २२ गते एकीकृत समाजवादीलाई एउटा मन्त्रालय दिने लिखित सहमति भएको थियो । तर बिहीबार मुख्यमन्त्रीले मन्त्रिपरिषद विस्तार गरी १० सदस्यीय बनाउंदा एकीकृत समाजवादीकी भगवती अधिकारीलाई मन्त्री नियुक्त गरेनन् । एकीकृत समाजवादीलाई सरकारमा सहभागी नगराउने मुख्यमन्त्री जोखबहादुर महराको निर्णय केही घण्टा पनि टिक्न सकेन ।

र केहीबेरमै फेरि ११ औं नम्बरमा विनाविभागीय मन्त्री नियुक्त गरे । यसरी हेर्दा शुरुमा एकीकृत समाजवादीलाई अवमूल्यन गरी खेलौना जस्तै बनाएका मुख्यमन्त्रीले उक्त पार्टीको आपत्तिपछि मन्त्री बनाउन बाध्य भएको सहजै बुझ्न सकिन्छ । १० सदस्यीय मन्त्रिपरिषदमा एमालेबाट दिनेश पन्थी,अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी,स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत विनाविभागीय मन्त्री नियुक्त भएको सार्वजनिक भयो । यसअघि चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेका थिए ।
१० सदस्यीय मन्त्रिपरिषदको सूचि सार्वजनिक भएपछि एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीले मुख्यमन्त्री र सत्ता गठबन्धनका दलहरुले आफ्नो दलमाथि बेइमानी गरेको प्रतिक्रिया दिइन् ।

हुन पनि चैत २२ गते सत्ता गठबन्धनका चार दल र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच ७ बुंदे सहमतिमा जनता समाजवादी पार्टीलाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति थियो ।
तर आज बिहीबार मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरी १० सदस्यीय बनाउंदा स्वतन्त्र सांसद बस्नेतलाई विना विभागी मन्त्रि नियुक्त गर्दा एकीकृत समाजवादीलाई भने सरकारमा सहभागी गराएनन् ।
सहमति अनुसार मन्त्रि नियुक्त नभएपछि उनले मुख्यमन्त्रीप्रति रोष व्यक्त गर्दै अब मुख्यमन्त्री र सरकारलाई विश्वास गर्न, साथ दिन नसकिने बताइन् ।
यसबारे पत्रकारहरुले सरकारका प्रवक्ता दीपेन्द्र पुनसंग प्रतिक्रिया माग्दा पनि ¬एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने टुंगो नलागेको बताए । तर त्यसको एक घण्टा नबित्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट नेकपा एकीकृत समाजवादीकी अधिकारीलाई पनि विना विभागीय मन्त्री नियुक्त भएको सूचि सार्वजनिक भयो । चार दलबीच सहमति भइसकेपछि नागरिक उन्मुक्ति पार्टीलाई पनि गठबन्धनमा मिसाएपछि आफ्नो दललाई हेपिएको र अन्तिममा फेरि मन्त्रिपरिषदमा राखिएको अधिकारीले टिप्पणी गरिन् । ‘मुख्यमन्त्री र गठबन्धनका दलहरुले हाम्रो पार्टीलाई खेलौना जस्तो बनाउने दुस्साहस गर्नुभयो, अन्त पनि सरकार तलमाथि हुने डरले फेरि एक घण्टा नबित्दै मन्त्री नियुक्त गर्नुभयोे’–अधिकारीले भनिन् ।
लिखित सहमतिमा जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय र शहरी विकास तथा पर्यटन मन्त्रालय दिने सहमति थियो ।
उक्त सहमति पालना नभएपछि जसपा प्रदेश अध्यक्ष अशोक यादवले आफूहरु सरकारमा नजाने बताएका छन् । तर जसपाका सांसद भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइसकिएको छ । जसपाका अरु दुई सांसद भने असन्तुष्ट छन् ।
७ बुंदे सहमतिमा प्रदेश सरकारबाट गरिने सबै राजनैतिक नियुक्तिहरुमा सरकारमा सहभागी सबै दलहरुलाई भागबण्डा गर्ने लगायत विषय समावेश छन् ।
मुख्यमन्त्री महराले एमालेले संसदीय दलका उपनेता अर्घाखांचीका चेतनारायण आचार्यलाई अर्थ मन्त्रालय, माओवादीका रोल्पाका दिपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाइ आजै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
यसअघि लिला गिरीको पालादेखि कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुंदासम्म १० सदस्यीय मन्त्रिपरिषद अब ११ बन्ने भएपछि मन्त्रालय फुटाउनुपर्ने भएको छ । चौधरीको पालामा मन्त्री थप्ने प्रयास हुंदा कांग्रेसकै शेखर कोइराला र गगन थापा पक्षले मन्त्रालयको संख्या कुनै हालतमा बढाउन नपाइने अडान लिएपछि रोकिएको थियो । एउटा मात्रै मन्त्री बढाउंदा मन्त्री, उनको सचिवालयका कर्मचारी, गाडी,इन्धन,आवास लगायत खर्च बढेर राज्यलाई वर्षेनी करोडौं आर्थिक भार थपिन्छ । प्रदेशहरुमा पछिल्लो समय देखिएको सत्ता फेरबदल र मन्त्रालय भागबण्डाको घिनलाग्दो खेलले आम सर्वसाधारणमा प्रदेश संरचनाप्रति चरम वितृष्णा र आक्रोश उत्पन्न हुंदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?