Butwal Today

अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश

६ बैशाख २०८१, बिहीबार
अ+
अ-

धनगढी, ६ बैसाख । अन्ततः नेकपा एमालेले समर्थन गर्न तयार भएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।

बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

यसअघि गत आइतबार नेपाली का‌ंग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले(माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
तर केन्द्रमा सत्ता गठबन्धनबीच सुदूरपश्चिममा नेकपा एकीकृतलाई मुख्यमन्त्री दिने सहमतिपछि पार्टीले सोडारीलाई अघि सारेको थियो । प्रदेश प्रमुखले दिएको अवधिको अन्तिम समयसम्म एमालेले सोडारीलाई स्वीकार गरेको थिएन । एमालेको यो व्यवहारपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माधव नेपालबीच भेटवार्ता भई एमालेले स्वीकार नगरे कांग्रेसले समर्थन गर्न तयार भएपछि एमाले समर्थन गर्न तयार भएको हो ।

प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुनस् मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए