ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ भवनका लागि सिट पाइलिङको काम सुरु

अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन

४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार

बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ तले अत्याधुनिक भवन निर्माणका लागि पूरानो संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । अस्पलमा रहेको पूरानो संरचना हटाउने काम अबको २ साताभित्र सम्पन्न हुने आयोजनाका साइड ईन्जिनीयर रमेश शर्माले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा अस्पतालको भवन निर्माणका लागि यसअघिका पुराना संरचनालाई हटाएर अन्यत्र डम्पिङ गर्ने काम धमाधम भैरहेको शर्माले बताए । अस्पतालको पुरानो ओपिडी वार्ड (बहिरङ्ग सेवा) तथा आकस्मिक कक्ष रहेको भवनसँगै हाल प्रशासनिक कक्ष रहेको भवन संरचना समेत भत्काएर नयाँ संरचनाका लागि जग खन्न तयार पारिने छ । डिस्पोज गरिएको संरचनाबाट निस्किने कंक्रिटलाई हाल अस्पतालको दक्षिणतर्फ रहेको बसपार्कसँग जोडिएको क्षेत्रमा राखिएको छ भने पुराना झ्याल, ढोका लगायतका फर्निचरजन्य बस्तुहरुलाई अस्पतालको उत्तर–पश्चिमतर्फ अक्सिजन प्लानसँगै जोडिएको खाली क्षेत्रमा डम्पिङ गरिएको छ ।

दैनिक हजारौंले उपचारका लागि आउने स्वास्थ्य संस्थाजस्तो संवेदनशिल क्षेत्र भएका कारण संरचना हटाउँदा धुलो तथा वायु प्रदुषण कम गर्न पानी छिटेर सुरक्षितसाथ काम भैरहेको साइड ईन्जिनीयर शर्माले जानकारी दिए । दिउँसोको समयमा सेवाग्राहीको आवागमनले पूर्ण क्षमतामा काम गर्न नमिले पनि साँझ र विहानको समयमा भने तिब्रताका साथ काम अघि बढेको ईन्जिनीयर शर्माले बताए । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भैरहेको उनले बताए । विहान ६÷७ बजेदेखि रातको ९÷१० बजेसम्म नै संरचना हटाउने काम भैरहेको उनले बताए ।

‘हामीले दुई हप्ताभित्रै पूरानो संरचना हटाएर नयाँ संरचनका लागि जग खन्न जमिन तयार पार्दै छौं ।’–शर्माले भने, अस्पतालका अन्य संरचनाको सुरक्षा तथा जग खन्ने कामका लागि सिट पाइलिङको तयारी भैरहेको छ ।’ अस्पतालको नयाँ बन्ने भवन संरचना अनुसार २ तला अन्डरग्राउण्ड (जमिनमूनि) हुने भएकाले कम्तिमा साढे ७ मिटर गहिरो जग खन्ने काम हुने छ । उक्त क्रममा पूरानो संरचना र वरीपरिका जमिनमा असर हुन नदिनका लागि करिब ६ सय पाइल गाड्नुपर्ने ईन्जिनीयर शर्माले बताए । पाईलिङका लागि २ वटा मेशिन ल्याएर काम भैरहेको उनले जानकारी दिए । त्यसका लागि छड बुन्ने लगायतका कामहरु भैरहेको बताउँदै शर्माले कम्तिमा ७ मिटरदेखि १३ मिटरसम्म गहिरो पाइलिङ (जमिनमा मेसिनले प्वाल पारेर पिल्लर गाड्ने काम) गर्नुपर्ने जानकारी दिए ।

एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक संरचना सहितको १२ तले अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी गत पुस २६ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले बिरामीहरूको उपचारमा कुनै बाधा नपुग्ने गरी जोखिमरहित तरिकाले पुराना संरचनालाई मार्किङ गरेर हटाउने काम भैरहेको बताए । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको ६ बिघा १२ कठ्ठा जग्गामा भवन निर्माण हुँदैछ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोखरेलले भवन निर्माणपछि एउटा आधुनिक अस्पतालका लागि आवश्यक पर्ने सबै खाले सुविधासहितको क्षेत्रीय अस्पतालमा स्तरोन्नति गरिने बताए ।

यस्तो हुने छ नयाँ संरचना ः

अस्पतालको डिपिआर अनुसार भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ ।
क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । १२ तलाको नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ ।
पछिल्लो पाँच वर्ष यता मात्रै संघीय सरकारको लगानीमा दुई पटक गरी ५८ करोडको लागतमा भौतिक संरचना निर्माण गरिएका छन् । अस्पताल विकास समितिले पनि इमर्जेन्सी, ओपिडी, अन्तरंग सेवा, फार्मेसी, अस्पताल परिसरभित्रको सडक र अस्पताल कम्पाउण्ड वाल निर्माण लगायतमा ३५ करोड बढी लगानी गरेको छ ।

यस्तो छ अस्पतालको ईतिहास ः
तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्र शमशेर जबराको पालामा वि.सं. १९६७ फागुन १५ गते ६ शैय्याबाट सुरू भएको यो अस्पताल लुम्बिनी क्षेत्रकै सबभन्दा पुरानो र ठूलो अस्पताल हो । सेन वंशीय राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवल फूलबारीबाट दुई जना भारतीय चिकित्सकबाट अस्पतालको सेवा सुरू गरिएको थियो ।

३१ वर्ष बुटवल फूलबारीबाट सञ्चालन भएको अस्पताललाई १९९८ सालमा हाल रक्तसंचार गृह रहेको स्थानमा सारिएको थियो । हाल रहेको स्थानमा भने २०१६ सालमा भवन निर्माण गरी सारिएको थियो । हाल अस्पतालमा ५ सय २० शैय्या पुगेका छन् । दैनिक दुई हजारदेखि बाइस सयसम्म बिरामीहरू उपचारका लागि आउने अस्पतालमा सामान्य अवस्थामा पनि ७० प्रतिशत बढी बेडहरू बिरामीले भरिने गर्छन् ।
सरकारी तीन सय र अस्पताल विकास समितिमार्फत् एक सय गरी चार सय बेडको मात्र स्वीकृति पाएको अस्पतालमा बिरामीहरूको अत्यधिक चापका कारण १ सय २४ बेड थप गरी ५ सय २४ बेडबाट बिरामीहरूलाई सेवा प्रदान भइरहेको छ ।

अस्पतालका सूचना अधिकारी वरिष्ठ बाल रोग विशेषज्ञ डा. नेत्रबहादुर रानाले लुम्बिनी प्रादेशिक अस्पतालले लुम्बिनी प्रदेशका मात्र नभई अन्य प्रदेशका समेत गरी ४० लाख जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए । डा. रानाका अनुसार अस्पतालमा दैनिक रूपमा ओपिडीतर्फ एक हजार पाँच सयदेखि २ हजार र इमर्जेन्सीमा २ सयदेखि दुई सय ५० जनासम्म बिरामी आउने गर्छन् ।

हालैमात्र क्याथल्याब सेवा समेत संचालन गरिएको अस्पतालबाट मिर्गौलाको डायलाइसिस, प्लाष्टिक सर्जरी, ग्याष्ट्रो मेडिसिन, न्यूरो मेडिसिन, न्यूरो सर्जरी, युरो सर्जरी, इन्टेरेस्कोप, सिएनसियू, पिआइसियु, एनआइसियु, बर्थिङ सेन्टर, नेत्र रोग, हाड जोर्नी तथा नसा रोग, दन्त, नाक, कान घाँटी, आँखा, मनोरोग लगायतका विशिष्टिकृत सेवा संचालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?