Butwal Today

सशस्त्र प्रहरीद्वारा ३ लाख ८२ हजार बराबरको अवैध सामान बरामद

३ बैशाख २०८१, सोमबार
अ+
अ-

भैरहवा, ३ वैशाख ।

सशस्त्र प्रहरी बल, नेपाल २७ नं. गण रुपन्देहीबाट सीमा अनुगमन टोलीले विशेष सूचनाका आधारमा अवैध ४ सय केजी चिनी २३ सय ५५ केजी प्याज जम्मा २ लाख २९ हजार ९ सय ७५ रुपैयाँ बराबरको सामान भैरहवा भन्सार चलान गरेको छ ।

२७ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गाबहादुर थापाको नेतृत्वमा खटिएको सीमा अनुगमन टोलीले विशेष सूचनाका आधारमा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान र ढुवानीमा प्रयोग भएका २ वटा मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल मझगांवा रुपन्देहीमा भारतबाट ल्याउँदै गरेको ६ सय केजी चिनी, २ हजार २३ केजी प्याज र मटर दाल बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक विजय कुँवर नेतृत्वको टोलीले मायादेवी गाउँपालिका वडा नं ६ दुर्गौलिया स्थित भारतबाट अवैधरुपमा ल्याउंदै गरेको थियो । अन्दाजी सामानको मूल्य १ लाख ५२ हजार ३ सय २० रुपैयाँ बराबरको सामान बरामद गरी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गा बहादुर थापाले जानकारी दिए ।