ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

‘शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम’

३ बैशाख २०८१, सोमबार
३ बैशाख २०८१, सोमबार

सुनवल, ३ बैशाख । पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकाले शैक्षिक संस्थामा शिक्षक अभावको समस्या समाधान गर्न शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । जसबाट माध्यमिक तह (कक्षा १२) उत्तिर्ण गरेर पनि बेरोजगार बसिरहेका युवायुवतीले विद्यालयमा अध्यापनको काम पाएका छन् भने शिक्षक अभावको समस्या पनि केहि हद सम्म समाधान भएको छ । अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम नाम दिईएको उक्त कार्यक्रम मार्फत युवायुवतीलाई रोजगारी पनि दिने र सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या पनि समाधान गर्ने प्रयास थालिएको गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । उक्त कार्यक्रम मार्फत गाँउपालिकाले चालु आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरेको छ । सुरुमा कक्षा १२ वा स्नातक तहमा अध्ययनरत तथा स्नातक तह वा सो भन्दा माथीको योग्यता पुरा गरेर अन्य रोजगारीको अवसर नपाएकालाई समेट्ने गरी गाउँपालिकाले गत वर्ष कार्यविधि निर्माण गरेको थियो । सो कार्यविधिको आधारमा शैक्षिक बेरोजगार सुचिकृत गर्ने क्रममा १ सय ८८ जना सुचिकृत भएका थिए । ती मध्ये हाल २३ जनाले प्रा.वि. तहमा अध्यापन गराईरहेको अध्यक्ष यादवले बताए ।

गाउँपालिकाले रोजगारी सृजना गर्दे शैक्षिक जनशक्तिको अभाव पूर्ति गर्ने तथा शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्यका साथ यो कार्यक्रम संञ्चालनमा ल्याएको जनाएको छ । ‘युवायुवती पढेर पनि रोजगारी नपाउने अवस्था छ भने अर्कोतर्फ विद्यालयमा शिक्षक अभावको समस्या छ, पालिका भित्रकै शैक्षिक जनशक्तिलाई उपयोग गरेर समाधान खोज्नुपर्छ भन्ने उद्देश्यले बेरोजगार सम्बोधन कार्यक्रम ल्याईएको हो, अध्यक्ष यादवले भने ।’ पालिकाले विद्यालयमा हाजिर भई अध्यापन गराएको दिनको आधारमा मात्र सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरेको छ । कुनै पनि व्यक्ति एक पटक छनौट भएपछि उक्त अध्यापन अनुमती एक आर्थिक वर्ष मात्र कायम रहने र गाँउसभाबाट बजेटको व्यवस्था भएमा पुन निरन्तरता पाउने कार्यविधिमा उल्लेख छ ।

प्रतापपुरमा २३ ओटा सामुदायिक विद्यालयमा २ सय ३५ शिक्षकले अध्यापन गराउदै आएका छन् । अझै पनि ५० जना शिक्षक अपुग रहेको गाउँपालिकाले जनाएको छ । गाँउपालिक भित्र रहेको विद्यालयमा शिक्षक र कक्षाकोठाको अभाव भएकाले समस्या हुँदै आएको छ । उक्त समस्या समाधानका लागि माथिल्ला दुई तहका सरकार संगै स्थानीय तह मार्फत काम भईरहेको अध्यक्ष यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?