ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)
यातायात मजदुर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव

‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’

३ बैशाख २०८१, सोमबार
३ बैशाख २०८१, सोमबार

बुटवल, ३ वैशाख ।

यातायात मजदुर तथा ब्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औं साधारण सभा सोमबार सम्पन्न भएको छ । स्वर्ण महोत्सवका अवसरमा स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन तथा मूल समारोह गरिएको हो ।

स्वर्ण महोत्सवको अनावरण गर्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले यातायात मजदूर तथा व्यवसायी भलाई कोषले ठूलो संख्यामा रहेका मजदूर र व्यवसायीको हितमा काम गर्दै आएको भन्दै प्रशंसा गरे । भलाई कोषले व्यवसायी तथा मजदूर वर्गको आर्थिक सुरक्षामा खेलेको भूमिका उच्च रहेको उनले बताए ।

त्यस्तै स्वर्ण महोत्सव तथा साधारणसभाको एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले उद्घाटन गरेका थिए ।

त्यस अवसरमा बोल्दै उनले मजदुर र ब्यवसायी समेटेपछि संस्था सबल बन्दै गएको र दुर्घटना न्युनीकरणको अभियानमा समेत प्रभावकारी काम हुन सकेको बताए । दुर्घटनापछि हुने झण्झटिलो कानुनी प्रक्रियालाई सहजीकरण गर्न, मजदूर र व्यवसायीको आर्थिक नोक्सानीमा संस्थागत सहकार्यका माध्यमबाट कोषले आफूलाई अगाडि बढाउँदै लगेको उनले बताए ।

कार्यक्रममा बोल्दै संस्थाका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापाले भलाई कोषको विगतदेखि वर्तमानसम्मको अवस्थाबारे चर्चा गर्दै मजदूहरुको हितको लागि भनेर स्थापना गरिएको भलाई कोषमा समयक्रमसँगै व्यवसायीलाई पनि आवद्ध गराएर संस्था बिस्तार गर्न सकिएको बताए । त्यसो नगरिएको भए संस्था अहिलेको अवस्थामा नआउने समेत उनले बताए ।

कोषका अध्यक्ष दिनेश फुल्लेलले ब्यावसायिक हकहितका लागि निरन्तर संस्था लागेको बताउँदै समयसापेक्ष दुर्घटना न्युनीकरणलगायत रचनात्मक कार्यक्रम समेत गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले सरकारले निजी क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताए । उनले निजी क्षेत्रको हितमा कानुन बनाएर लैजानुपर्ने सुझाव दिए । ठूलो संख्यामा स्वरोजगार गराउने सफल भएको कोषको पक्षमा सरकारबाट पहल हुनुपर्ने उनले बताए ।

कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले दुर्घटनाकै कारण सडक अवरुद्ध देखि विभिन्न आईपर्ने समस्या समाधानमा कोषबाट योगदान मिलेको बताए । सडक दुर्घटनालाई न्युनीकरण गर्ने अभियानमा ट्रफिक प्रहरी सधै साथ लिएर अघि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, पुर्व कोषाध्यक्ष नगेन्द्र गोविन्द श्रेष्ठ, नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसी, नेपाली काग्रेसका क्षेत्र न.ं २ का क्षेत्रिय सभापति प्रजापाल गिरि, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, राप्रपा नगरअध्यक्ष निरजप्रताप खाँड, पश्चिम नेपाल बस व्यवसायी संघका पुर्व अध्यक्ष तुल्सीराम बन्जाडे, नेपाल औषधि ब्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष माधव खनाल, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष काजिमान श्रेष्ठ, कोषका पुर्व अध्यक्ष चिन बहादुर गुरुङ, खुद्रा ब्यवसायी संघका अध्यक्ष महेन्द्र पोखरेल, प्राचीन कपिलवस्तु यातायात प्रालिका सचिव राजु श्रेष्ठ, संस्थाका वरिष्ठ उपाध्यक्ष छबिलाल थापालगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गीय राजेन्द्र सिह श्रेष्ठ, दामोदर ज्ञवाली, स्वर्गीय विजय प्रसाद लाकौल, स्वर्गीय भक्ति शर्मा लगायतको परिवारलाई सम्मान गरिएको थियो । यसैगरी लामोसमय यातायात सेवा गरेका उमेर हदबन्दीका कारण सवारी चालक अनुमतिपत्र नविकरण नभएका दुई जना चालकहरु नवराज फुल्लेल र ठाकुर अधिकारीलाई नगद ५–५ हजार रुपैयाँबाट सम्मान गरिएको छ । यसैगरी जेष्ठ चालकहरु विजय न्यौपाने, रंजित पाण्डे अनुशासित चालक अनिल शाहीलाई सम्मान गरिएको छ । यसैगरी कोषका पुर्वअध्यक्ष कुमार केसीलाई अभिनन्दन, कोषमा २५ वर्ष भन्दा लामो अवधि काम गरेका कर्मचारीलाई सम्मान गरिएको छ । स्मारिका प्रकाशन, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवललाई लाईट ज्याकेट वितरण, उत्कृष्ट पत्रकारिता पुरस्कार वितरण गरिएको महासचिव योग गुरुङले बताए ।
यसैबिच लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले स्वर्ण महोत्सवको अवसरमा कार्यालय परिसरमा स्वर्णस्तम्भ अनावरण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?