Butwal Today

आज सुनको मूल्य घट्यो

२ बैशाख २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

नयाँ ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्य आइतबार घटेको छ।

शुक्रबार सुन छापावाल प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको थियो। आइतबार यसको मूल्य घटेर एक लाख ३६ हजार आठ सय रूपैयाँ पुगेको हो।

शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ५० रूपैयाँ घटेको हो।

आइतबार बजारमा चाँदी प्रतितोला एक हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।