ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
नेपाल बुद्धिचाल महासंघको नवौं तथा विशेष साधारणसभा

अध्यक्षमा हेराकाजि महर्जन, उपाध्यक्षमा बुटवलका प्रधान निर्वाचित

१ बैशाख २०८१, शनिबार
१ बैशाख २०८१, शनिबार

बुटवल, १ बैशाख । नेपाल बुद्धिचाल महासंघको नवौं तथा विशेष साधारणसभा काठमाण्डौमा सम्पन्न भएको छ । साधारण सभाले महासंघमा रिक्त रहेका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदको टुगो लगाएको छ । ललितपुरको च्यासल स्थित तुल्सिलाल स्मृति प्रतिष्ठानमा भएको निर्वाचनमा अध्यक्ष पदमा हेराकाजि महर्जन विजयी भए । हेराकाजि महर्जनले ४९ मत प्राप्त गरेका थिए भने उनको प्रतिद्वन्द्वी प्रविण भँडेलले ३१ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्ष ईलामका दिपेन राई निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा बुटवलका माधव प्रसाद प्रधान विजयी भएका छन् । प्रधानले ४२ मत प्राप्त गरेका थिए भने बारा जिल्लाका राजाबाबुले ३६ प्राप्त गरेका छन् ।

बुद्धिचाल महासंघको निर्वाचनमा सात प्रदेशका ३५, ५५ जिल्लाका ५५, कार्यसमितिका २१ पदाधिकारी, टेक्निकल २, राष्ट्रिय च्याम्पियन २ र राखेप मनोनीत २ गरि ११८ जनाको सभा मध्ये जम्मा ८४ जना प्रतिनिधिको उपस्थिति रहेको थियो । वरिष्ठ उपाध्यक्ष ईलामका दिपेन राई निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनमा नेपाल खेलकुद महासंघ, नेपाल खेलकुद महासंघ समाजवादी र अखिल नेपाल खेलकुद महासंघको तर्फबाट अध्यक्ष पदमा हेराकाजि महर्जन, वरिष्ठ उपाध्यक्षमा दिपेन राई र उपाध्यक्षका लागि राजाबाबु रौनियारले उम्मेदवारी दर्ता गराएका थिए । नेपाल लोकतान्त्रिक खेलकुद संघको तर्फबाट अध्यक्ष पदमा प्रविण भँडेल र उपाध्यक्ष पदमा माधव प्रसाद प्रधानले उम्मेद्बारी दिएका थिए । साधारणसभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ्गले उद्घाटन गरेका थिए ।

नेपाल बुद्धिचाल महासंघको नवौं साधारणसभा पश्चात् २० जनाको कार्य समितिले अध्यक्ष हेराकाजि महर्जनको नेतृत्वमा बाकी रहेको ३ वर्षे कार्यकाल पूरा गर्नेछन् । जसमा संस्था सञ्चालनमा कुशल मानिने महासचिव धरम बहादुर लामाको सहकार्य रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?