Butwal Today

बाजुरा केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प

३० चैत्र २०८०, शुक्रबार
अ+
अ-

३० चैत, काठमाडौं ।

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर शुक्रबार भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भुकम्पको धक्का सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामासमेत महसुस गरिएको थियो । यसअघि गत चैत ४ गते रसुवा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।