Butwal Today

गुल्मीको हिमालय आधारभूत विद्यालयमा दिवाकर पन्थीले गरे टीकाराम गुरु स्मृति अक्षयकोष स्थापना

२९ चैत्र २०८०, बिहीबार
अ+
अ-

गुल्मी, २९ चैत ।

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ५ हिमालय आधारभूत विद्यालयका पूर्व विद्यार्थी दिवाकर पन्थीले हिमालय आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक स्वर्गीय टीकाराम पन्थीको स्मृतिमा बुधबार टीकाराम गुरु स्मृति अक्षयकोष स्थापना गरेका छन् ।

विहीबार विद्यालयको शैक्षिक सत्र २०८० को नजिता प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र केसीलाई रु.एक लाखको चेक हस्तान्तरण गरी टीकाराम गुरु स्मृति अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु कुँवरले जानकारी दिए ।

सोही अवसरमा बोल्दै अक्षयकोष संस्थापक दिवाकर पन्थीले साविक धुर्कोट रजस्थल पण्डिलटोलामा जन्मेर १६ वर्ष विताएको र आफ्ना पिता प्रअ रहेको हिमालय प्राविबाटै औपचारिक शिक्षा सुरु गरेकोले पनि बाँचुञ्जेल बिर्सन नसक्ने बताए । उनले आपूmले कक्षा ३ सम्म अध्ययन गरेको विद्यालय र आफ्नै बुबाको जीवनभरको त्याग र शिक्षाको विकासमा उहाँको योगदान तथा बाल्यकालका गुरुहरूको साथ नै अक्षयकोष स्थापनाको प्रेरक रहेको बताए ।

विद्यालयमा दलाने पाठशालाबाट शिक्षण सुरु गरेका टीकाराम पन्थीले साविक वस्तुलाई मूल कर्मथलो बनाएर शिक्षाको उज्यालो छर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सोही विद्यालयका सेवा निवृत्त शिक्षकद्वय रामप्रसाद भण्डारी र डिलाराम भण्डारीले बताए ।

२०४९ सालसम्म साविकको हिमालय प्राविमा अध्यापन गरेका टीकाराम पन्थीले धार्मिक एवम् सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान गरेको स्थानीय वयोवृद्ध ढुण्डीराज भण्डारीले बताए ।

वडा नम्बर ५ का वडाध्यक्ष केशवराज भण्डारी वडा नं. ५ का जनप्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू र शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरू, अभिभावक, विभिन्न सङघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रममा शिक्षक चुरामणि घर्ती, एवं शिक्षक सीता खरेल भण्डारीले पनि मन्तव्य व्यक्त गरेका थिए । त्यस अवसरमा अक्षयकोष संस्थापक पन्थीले शैक्षिक सत्र २०८० मा कक्षा ५ सम्म सबैभन्दा बढी अङ्क ल्याउने एक÷एक जना छात्र, छात्रालाई प्रमाण पत्र र नगद पाँच÷पाँच हजारले समेत पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र केसीले जानकारी दिए । कार्यक्रममा वडाध्यक्ष केशव भण्डारी, विद्यालय व्यवसथपन समितिका पूर्व अध्यक्षहरूा हरिप्रसाद भण्डारी, विष्णुप्रसाद भण्डारी प्रधानाध्यापक राजेन्द्रकेसी, शिक्षक चुरामणि घर्ती, सीता खरेल भण्डारीलगायतले विद्यालय विकासको इतिहास स्वर्गीय टीकाराम पन्थीको योगदानबारे चर्चा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?