ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

महाविर पुनलाई पछ्याउँदा…!

२८ चैत्र २०८०, बुधबार
२८ चैत्र २०८०, बुधबार

बुटवल ।

सामान्य पोसाकमा असामान्य व्यक्ती भैरहवामा हिजो देखा परे ‌। उनलाई भेट्न र तस्बिर खिचाउनेहरूको लर्को लागिरहेको थियो। टाउकोमा एउटा क्याप टोपि, सामान्य टिसर्ट पाइन्ट र खुट्टामा चप्पल लगाई भैरहवाको देवकोटा चोकमा थिए उनि । ९४ दिनको निरन्तर यात्रा, फुटेका खुट्टा, भौतिक रूपले थकित शरिर थाकेका आँखा तर आँखा भित्र बाचिरहेका एक थान सपना । यी व्यक्ति थिए महाविर पुन यो नाम नसुनेको कम नै होलान्। यिनै पुन यतिबेला आफ्नो पुस्तक “महाविर” विक्री गर्न पूर्वको मेची देखी पश्चिम महाकाली सम्मको यात्रा गरिरहेका छन् । वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न डा.महावीर पुन पुस्तक बिक्री गर्ने क्रममा भैरहवा आईपुगेका हुन् ।

भैरहवाको मिलनचोकमा मानिसहरुको भिडभाड थियो । मानिसहरु उनि सँग तस्बिर खिचाउन उत्सुक देखीन्थे ।

यसै बिच महाविर पुनले भने,”पुस्तक विक्री गरेको रकमले वर्षौ देखी बन्द रहेको कृषि उद्योग सञ्चालन ल्याउनु र मेरो संघर्षको कथाले आम युवाले देशमै पनि संघर्ष गर्न सकिन्छ भन्ने प्रेरणा दिनु हो” । उनले थपे, “राज्यले केहि गरेको भए आज यसरी हिड्नु पर्ने थिएन् धन्न धरपकड गरेको छैन यसैमा खुसी मनाउनु पर्छ “।

पुस्तक अध्यापन गरीसकेका स्थानिय सुर्य श्रेष्ठका अनुसार युवाले सफलताको कथा मात्र पढे, संघर्षको कथा  संग्रह महाविर पुनको पुस्तक रहेको बताए।

त्यस्तै पुस्तक किन्न युवाहरूको जमात पनि राम्रै थियो रिनै मध्येकी  एक सफलता गुरूङले भनिन,” उहाँ वैज्ञानीक हुनुहुन्छ तर कति सामान्य युवाले उहाँबाट सिक्नुपर्छ, किताब किनेर उहाँलाई सहयोग त हुन्छ नै त्यो सँगै ज्ञान पनि बढेर जानेछ ।

त्यस्तै सिम्रन खड्काका अनुसार, महाविर पुनलाई विश्वका कुनै पनि देश पुग्न केहि अफ्ठ्यारो छैन जसरी युवाहरू अहिले विदेशी रहेका छन्, युवालाई रोक्न राज्यलौ गर्नु पर्ने  काम हो तर एउटा व्यक्तिले गरेको कारण सहयोग गरेकी हुन् ।‌

स्थानीय नारायण आचार्यले पुस्तकमा खर्चिएको रकम कहिल्यै फजुल खर्च नहुने त्यसमा पनि महाविर पुनको विचारलाई समर्थन गर्दै पुस्तक खरिद गर्न नेपली जनतालाई अनुरोध गरे । महाविर पुनले हाल ७८ हजार भन्दा बढी पुस्तक विक्री गरीसकेका छन्। पुस्तक बिक्री गरेर करिब ५ करोडको आम्दानी गरेको उनि बताउँछन्।

भैरहवामा पुन मेडिकल कलेज, बुद्ध चोक, सिद्धार्थ उद्योग वाणिज्य संघ, जेसीज, शान्ति गुम्बा लगायतका स्थानमा पुस्तक विक्री गर्दै आफ्ना यात्रा पश्चिम तिर लाग्नेछन्।

एलिना आचार्य, भैरहवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?