ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

जसले दिन्छ अपाङ्गता भएका ‘मजदुरलाई नियमित भत्ता’

२८ चैत्र २०८०, बुधबार
२८ चैत्र २०८०, बुधबार

बुटवल, २७ चैत । अपाङ्गता भएका व्यक्तिहरूलाई नेपाल सरकारबाट ‘क’ बर्गको परिचय पत्र प्राप्त गरेकाहरूको लागि मासिक ३ हजार ९ सय ९० सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । ‘ख’ बर्गको लागि भने २ हजार १ सय २८ रूपैयाँ उपलब्ध गराउँदै आएको छ । यसको अलवा अपाङ्गता भएका व्यक्तिहरूको अन्य बर्गलाई कुनै पनि सामाजिक सुरक्षा भत्ता छैन ।

तर बुटवलमा रहेको एउटा संस्थाले भने अपाङ्गता भएका व्यक्तिहरूलाई नियमित रूपमा भत्ता दिँदै आएको छ । सुन्दा जो कोहीलाई पनि नौलो लाग्ने यो अपाङ्गता भत्ता जो कोहीले भने पाउँदैनन । वि.सं. २०३१ सालमा स्थापना भएको यातायात मजदुर तथा व्यवसायी भलाई कोष केन्द्रीय कार्यालय बुटवलले वि.सं. २०५५ सालदेखि नै अपाङ्गता भएका आफ्नो सेवा ग्राहीहरू जो दुर्घटनामा परेर अंगभंग भएर कुनै पनि प्रकृतिको अपाङ्गता भएको भएपनि नियमित रूपमा भत्ता उपलब्ध गराउँदै आएको हो । वि.सं. २०५० सालमा संस्था स्थापना भएको २५ आंै बर्ष स्थापनाको अवसरमा घोषणा गरिएको यो भत्ता कार्यक्रम अनुसार हाल सम्म सयौंको संख्यामा उनीहरूले सेवा लिएका छन् ।

यातायात मजदुर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेलका अनुसार सुरुवाती दिनमा मासिक ३ सय रूपैयाँ अपाङ्गता भत्ता उपलब्ध गराउँदै आएकोमा अहिले मासिक २ हजार २ सय रूपैयाँ प्रदान गरिँदै आएको छ ।

रजत महोत्सवको अवसरमा सुरुवात गरिएको यो कार्यक्रम अनुसार दुर्घटनामा परि उपचार गर्दा पनि निको नभएर अपाङ्गता भएका यातायात व्यवसायी, मजुदुर सदस्यहरूको लागि नियमित रूपमा भत्ता प्रदान गर्दै आएको अध्यक्ष फुल्लेलले जानकारी दिए । उनका अनुसार अहिले १८ जनाले नियमित रूपमा भत्ता पाउँदै आएका हुन ।

यातायात मजदुर तथा व्यवसायी भलाई कोषमा सदस्य भएर यातायात क्षेत्रमा काम गर्दै गर्दा, दुर्घटना भएर घाईते हुँदा सदस्यहरूले १५ लाख रूपैयाँ बरारबरको उपचार खर्च समेत पाउँदै आएका छन् । यसको अलवा निको नहुने गरी अपाङ्गता भएमा नियमित रूपमा २ हजार २ सय रूपैयाँ भत्ता उपलब्ध गराउँदै आएको महासचिव योग बहादुर गुरुङ्गले जानकारी दिए । यसको अलवा भलाई कोषले उमेर हद पुरा भएका सदस्यहरूको लागि एकमुष्ट ५ हजार रूपैयाँ दिँदै आएको छ भने यातायात मजदुरको मृत्यु भएमा एकमुष्ट आर्थिक सहयोग गर्दै आएको छ । जसमा बीमा बापतको रकम त छदै छ त्यसमा थप सहयोग भलाई कोषले दिँदै आएको हो । साधारण सदस्यहरूलाई सामान्य औषधी उपचार बापत ४ हजार, अप्रेशन गर्नुपर्ने भएमा ८ हजार र एक बर्ष नियमित कोष शुल्क बुझाएका व्यवसायी धनिहरूलाई २ लाख रूपैयाँको दुर्घटना बीमा समेत गराएको छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको यातायात मजदुर तथा व्यवसायी भलाई कोषले देशका ६ वटा प्रदेशमा काम गर्दै आएको छ । दुई पांग्रे र चार पांग्रे सवारी साधानको नियमित भलाई कोषको काम गर्दै आएको छ । जसमा संस्थागत रूपमा निजी दुई पांग्रे स्कुटर वा मोटरसाईकल चालकहरूको पनि सदस्य बनाएर सेवा प्रदान गर्दै आएको हो । जसमा रूपन्देही, नवलपरासी र कपिलवस्तु मात्रै जिल्ला समेटिएका छन् भने चार पांग्रे साधानको भने नेपालको सुदुरपश्चिम प्रदेश बाहेक अन्य ६ प्रदेशका ३६ वटा जिल्लामा शाखा कार्यालय स्थापना गरी काम गर्दै आएको छ । संस्थामा हाल ३ हजार व्यवसायीहरू आवद्ध छन् । सवारी साधानको सदस्य बनेर बीमा गर्दा व्यवसायी वा मजदुरले १५ लाख रूपैयाँ सम्म उपचार खर्च ३ लाख सम्म दुर्घटना बीमा थप पाउदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?