ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

अन्तरपालिका क्रिकेटमा ८ टिमको प्रतिष्पर्धा हुँदै

२८ चैत्र २०८०, बुधबार
२८ चैत्र २०८०, बुधबार

सल्यान, २८ चैत । सल्यानमा आज बुधबारदेखि क्रिकेट प्रतियोगिता सुरु हुंदै छ । शारदा नगरपालिकाले सञ्चालन गर्न लागेको अन्तरपालिका स्तरीय शारदा मेयर टि–२० कप क्रिकेटको तयारी पुरा भएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख प्रकाश भण्डारीले २०८० चैत २८ गते देखी २०८१ बैशाख ३ गतेसम्म सञ्चालन हुने शारदा मेयर टि–२० कप क्रिकेटको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराए । प्रतियोगितामा जिल्लाको कुमाख गाउँपालिका र दार्मा गाउँपालिका बाहेक बाँकी ८ वटै स्थानिय तहको सहभागिता रहने छ ।

देशभरमा नै क्रिकेटको माहोल बढ्दै गएको अवस्थामा तल्लो तहमा पनि क्रिकेटका गतिविधि बढाउन र क्रिकेट खेलाडीको प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख भण्डारीले प्रतियोगिताको विजेटा टिमले एक लाख रुपैँया र उपविजेता टिमले ५० हजार रुपैँया पुरस्कार पाउने जनाए । जसमा प्लेयर अफ म्याच, प्लेयर अफ द सिरिज, वेष्ट बलर, वेष्ट ब्याट्सम्यान, वेष्ट किपर लगाएतका विधामा पनि पुरस्कृत गरिने उनको भनाइ छ ।

क्रिकेट प्रतियोगिताको व्यवस्थापन क्रिकेट संघ सल्यानले गरेको छ । प्रतियोगितामा सहभागि भएका ८ वटा पालिकालाई दुई समुहमा विभाजन गरेर आइसिसिको नियमअनुसार लिग चरणमा खेल हुने छ । जसमा समुह ए मा बन्गाड कुपिण्डे नगरपालिका, कपुरकोट गाउँपालिका, बागचौर नगरपालिका र कालिमाटी गाउँपालिका छन् । यस्तै समुह वि मा सिद्ध कुमाख गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका र त्रिबेणी गाउँपालिका रहेका छन् ।

लिग चरणमा फाइनल सहित १३ वटा खेल हुने जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष तथा शारदा नगरपालिका–२ का वडाअध्यक्ष सविन हमालले जानकारी दिए । दुबै समुहबाट पहिलो हुने २ टिम फाइनलमा उपाधिका लागि भिड्ने छन् ।

शारदा मेयर टि–२० कप क्रिकेट प्रतियोगिता शारदा नगरपालिका–२ स्थित लुहापिङ खेलमैदानमा हुने छ । प्रतियोगितामा प्रत्येक टिमबाट १६÷१६ जना खेलाडी सहभागि हुने छन् । प्रतियोगिता अवधिभर करिब २० लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ । प्रतियोगिताको बुधबार बिहान साढे ११ वजे पुर्व गृह राज्यमन्त्री देबेन्द्रराज कडेँलले उद्घाटन गर्ने कार्यक्रम छ । शारदा नगरपालिकाले विनियोजन गरेको ५ लाख रुपैँयाबाट प्रतियोगिता सञ्चालन गर्न थालिएको हो । यससँगै अवको केही सातापछि मेयरकप भलिवल प्रतियोगिता सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?