ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

२०८१ सालमा उद्योग–व्यवसायमा सुधार हुने आशा

२७ चैत्र २०८०, मंगलवार
२७ चैत्र २०८०, मंगलवार

बुटवल,२७ चैत । आउंदै गरेको नयां वर्ष २०८१ सालमा उद्योग व्यवसाय क्षेत्रमा सुधार हुने आशा व्यवसायीहरुले व्यक्त गरेका छन् । उद्योग ब्यापार संघ बुटवलले नयां वर्ष २०८१ का सन्दर्भमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा व्यवसायीहरुले २०८० साल उद्योगी व्यवसायीका लागि सन्तोषजनक हुन नसकेपनि २०८१ मा राम्र्रो हुने आशा व्यक्त गरेका छन् ।

कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले महासंघ सहित निजी क्षेत्रको दवावको कारण बैंक ब्याज दर एक अंकमा झर्ने प्रकृया शुरु भएको र अन्य आर्थिक सुचकहरु पनि सुधारको दिशामा रहेकाले निराश नहुन आग्रह गरे ।

उनले महासंघले २०८१ सालमा सातै प्रदेशमा जिल्ला तहसम्म शाखा विस्तार र व्यवसायीका हक हितका पक्षमा देशव्यापी अभियान चलाउने बताए ।
संघका सल्लाहकार ज्योति भण्डारीले २०८१ मा संघले आफ्नो सचिवालय भवन निर्माण र सदस्यता बृद्धि, संस्थागत स्तर वृद्धि र सामूहिक लगानीमा उद्योग वा व्यवसाय सञ्चालन गर्नेतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

कार्यक्रममा अध्यक्ष विष्णुप्रसाद पाण्डेले विगतबाट शिक्षा लिएर उद्योग व्यवसायलाई थप सुधार गर्दै अघि बढ्न सके राम्रो हुने बताए । उनले संघले पाल्पामा गरेको कार्यशालाबाट तय गरेका वार्षिक कार्ययोजनालाई कार्यान्वयन गर्न सबै पदाधिकारी र सदस्यहरुको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका लुम्बिनी प्रदेश उपमहासचिव खिमानन्द पौडेल,संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ पन्थी, उद्योग उपाध्यक्ष पदम जिसी,बाणिज्य उपाध्यक्ष केशव श्रीस, महासचिव यमलाल मरासिनी, सचिव कोशलराज भण्डारी, क्यालेण्डर प्रकाशन समिति संयोजक कृष्णप्रसाद भुसाल, कानुनी सल्लाहकार दामोदर घिमिरे तथा कार्यसमिति सदस्यहरुले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा संघले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?