Butwal Today

शारदा नदीमा सहर माछाको अध्ययन हुँदै, छत्रेश्वरीमा छलफल

२७ चैत्र २०८०, मंगलवार
अ+
अ-

सल्यान, २७ चैत ।

राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यक्रमका बारे सरोकारवाला निकायसंग समन्वय बैठक मंगलबार सल्यानको छत्रेश्वरीमा सम्पन्न भएको छ । शारदा नदीमा सहर माछाको अध्ययन गर्ने, जल थल प्राणीको संरक्षण गर्ने उद्देश्यले सरोकारवालासंग राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले छलफल गरेको हो ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जथाभावी माछा मार्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिदै गाउँपालिकाले पनि यस कार्यमा भूमिका खेल्ने बताए ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख अजित तुम्बाहाम्फे, डिभिजन वन कार्यालय सल्यानका फरेस्ट्री कमल वोहरा, प्राकृतिक संरक्षण सहायक रवीन केसी लगाएतकाले बोल्दै संकटमा परेका माछाको अवैध शिकारलाई निरुत्साहित गर्न थप सक्रिय बन्नुपर्नेमा जोड दिएका थिए ।

सल्यानमा माछा पाइने स्थान शारदा नदि क्षेत्र कालिमाटी, त्रिवेणी, छत्रेश्वरी, शारदा, सिद्ध कुमाख, बागचौर क्षेत्रमा सहर माछा पालको सम्भावना र माछा संरक्षणका लागि अध्ययन गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा छत्रेश्वरी र त्रिवेणी गाउँपालिकाका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।