Butwal Today

सैनामैनामा ८ वर्षीय बालकको खोलामा डुवेर मृत्यु

२६ चैत्र २०८०, सोमबार
अ+
अ-

कन्चन, २६ चैत ।

सैनामैना नगरपालिका वडा नं. ७ राम बस्ती बस्ने मोहन भुसालका छोरा वर्ष ८ का आयुस भुसालको खोलामा डुबेर मृत्यु भएको छ । घरदेखि २ सय ५० मिटर उतरमा रहेको ईगरिया खोलामा बालकको शव फेला परेको सालझण्डी प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझ ६ बजे देखि बच्चा हराएपछि घर परिवारले स्थानीय र प्रहरीलाई खोजी गर्न अनुरोध गरेका थिए । आफन्त, स्थानीय र प्रहरीले ईंगरिया नदीमा बालकको शव फेला पारेका थिए । अहिले बालकको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । बच्चाको मनसिक अवस्था कमजोर भएको बताईएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ रहेको छ ।