ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

एक नगरबासी, एक गाई संरक्षण’

२६ चैत्र २०८०, सोमबार
२६ चैत्र २०८०, सोमबार

बुटवल, २५ चैत। बुटवल उपमहानगरपालिकाले सडकमा रहेको छाडा चौपाया ब्यवस्थापन गर्न नया अवधारणा अघि बढाएको छ । सडकका छाडा चौपायाहरू नन्दिनी गौशालामा लगेर अब संरक्षणको जिम्मा प्रत्येक नगरबासीलाई दिने गरि योजना बनाएको हो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले यो महाअभियान सफल बनाउन प्रत्येक नगरबासीलाई एउटा गाई संरक्षणको जिम्मा दिने बताए । एउटा गाईको पालनपोषणमा लाग्ने खर्च ब्यक्तिगत रूपमा नगरबासीलाई दिदा सहज हुने उनले बताए । गाईप्रति अपनत्व हुने र संरक्षण अभियान अघि बढ्ने उनले बताए । बजारमा दैनिक दुर्घटनालाई यो अभियानले न्युनिकरणसँगै नन्दिनी गौशाला पर्यटकिय स्थलका रूपमा विकास हुने उनले बताए । ‘छाडा चौपाया ब्यवस्थापनसंगै धार्मिक पर्यटकिय स्थलको रूपमा गौशाला विकास गर्दैछौ ।’—उनले भने । रोयल ग्रुपको पाचौ स्थापना दिवसमा अवसरमा आईतबार गौशालामा सहयोग सामग्री वितरण कार्यक्रममा बोल्दै उनले पछिल्लोसमयम दाताहरू स्वतस्फूर्त रूपमा गौशालामा आएको बताए । ‘देशमा नै आफै गौशाला संचालन गर्ने बुटवल पहिलो पालिका हो ।’—उनले भने । यो स्थानमा गाईको विषयमा बिहान दैनिक ५–६ बजेसम्म प्रवचन दिने, योगध्यान गर्ने कार्यक्रमहरू अघि बढाएर धार्मिक र रमणिय पर्यटकिय स्थलका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

ढाई वर्षअघि गौशाला निमार्णमा अघि सरेका बुटवलका समाजसेवी सन्तोष पाण्डे ब्यवस्थापनको काम ढिलै भएपनि शुरुवात भएको बताए । ‘मैले ७२ दिन आफै लागेर यो पुर्वाधार निर्माण गरेको हो ।’— उनले भने । सरल, ज्ञानी र मानिसहरूका संगतमा रहने पशु गाईहरू केही मानिसहरू आफनो स्वार्थ पुरा भएपछि सडकमा छोडिदिदा यिनीहरूमा नकारात्मक प्रभाव परेको उनले दुखेसो गरे । ‘बिस्तारै बानी परिवर्तन हुन्छ ।’—उनले भने । यो पवित्र काममा सबैको साथ जरुरी रहने उनले बताए । गौशालामा सुमधुर ध्वानीसहितको भजन लगाउने र चौपायालाई दैनिक सेवा गर्ने ब्यवस्था गरिएको उनले बताए ।

कार्यक्रममा ग्रुपका अध्यक्ष बोनिन पियाले ससाना सहयोग जुटाएर आफुहरू सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताए । यसवर्ष रक्तदान वितरण, हिलपार्कमा डष्टबिन बितरण तथा गौशालामा सहयोग हस्तान्तरण गरिएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकाल, उपमहानगरपालिकाका प्रशासन प्रमुख हरिप्रसाद आचार्य, स्वस्थ्य महाशाखा युवराज पाण्डे, पशु शाखा प्रमुख झविन्द्र बन्जाडे, वरिष्ठ ईन्जिनियर सुमन श्रेष्ठ, शाखा अधिकृत दामोदर ज्ञवालीले बुटवलबाट सन्देश दिने गरि छाडाचौपाया ब्यवस्थापनको नया काम अघि बढेको बताए ।

कार्यक्रममा ग्रुपका कोषाध्यक्ष उमाशंकर मालपानीले नगरबासीको अपनत्व हुने गरि हरेक विकासका योजनालाई अघि बढाउदा सफल हुने बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?