ट्रेंडिंग:

>> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ

कोसीमा नयाँ सरकारका लागि एमाले-माओवादीको दाबी, ५२ सांसदको हस्ताक्षर

२६ चैत्र २०८०, सोमबार
२६ चैत्र २०८०, सोमबार

काठमाडौँ ।

कोसी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकारका लागि दाबी पेश गरेका छन्। एमाले र माओवादी केन्द्रका बहुमत अर्थात् ५२ जना सांसदहरूले हस्ताक्षरसहित नयाँ सरकारका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सरकारको दाबी गरेका हुन्।

एमाले र माओवादीले उक्त हस्ताक्षर बुझाउँदै मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन र विश्वासको मत पनि औपचारिक रुपमा फिर्ता लिएका छन्।

दुवै दलले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको हस्ताक्षरसहितको पत्र पनि बुझाएका छन्। उनीहरूले प्रदेशसभा सचिवालयमा विश्वासको मत फिर्ता गरिएको पत्र पनि बुझाइसकेका छन्।

‘नेपालको संविधान बमोजिम माननीय मुख्यमन्त्री केदार कार्कीले बहुमत सदस्यको विश्वास गुमाइसकेकोले कोशी प्रदेश सभाका हामी बहुमत सदस्यहरू नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेशसभा संसदीय दलका नेता माननीय हिक्मतकुमार कार्कीलाई वैकल्पिक सरकारको नेतृत्व गर्न कोसी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखज्यूसमक्ष दाबी प्रस्तुतिका साथ अनुरोध गर्दछौँ’, दुई दलले भनेका छन्।

कोसीमा प्रदेशमा वैकल्पिक सरकार गठनको सम्भावना रहेकोले प्रक्रिया अगाडि बढाउन उनीहरूले प्रदेश प्रमुख खापुङलाई लिखित आग्रह गरेका छन्।

दुवै दलले आफूहरूको समर्थन फिर्तासँगै मुख्यमन्त्री कार्की अल्पमतमा परेकाले अब आफूहरूको बहुमतको सरकार गठन हुने आधार रहेको जनाएका छन्।

दुई दलले निवेदनमा एमाले प्रदेश सभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन माग गरेका छन्।

गत असोज २७ गते एमालेका ३९ जना र नेपाली कांग्रेसका ८ जनासहित ४७ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए।

कांग्रेस संसदीय दलको नेता नभए पनि उनले पार्टीमा विद्रोह गर्दै मुख्यमन्त्रीको कुर्सी लिन सफल भएका थिए। असोज २७ मा मुख्यमन्त्री बनेका उनले गत कात्तिक १ १ राप्रपाबाहेक सबैको विश्वास पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?