Butwal Today

नेपाल इन्जिनियरिङ कलेज घोटाला प्रकरण : लम्बोदरको १२ करोड ४४ लाख रुपैयाँ अवैध ठहर

२५ चैत्र २०८०, आइतबार
अ+
अ-

काठमाडौँ ।

गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७८ माघ २७ गते दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार उनलाई दोषी ठहर गरेको हो।

यो प्रकरणमा लम्बोदरलाई दोषी ठहर गरेको विशेष अदालतले सजाय निर्धारण भने छुट्टै सुनुवाइबाट गर्ने भएको छ। त्यसका लागि अर्को पेशी तोकिने छ।

न्यौपानेविरुद्ध १२ करोड ४४ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप थियो। कलेजका अर्का सञ्चालक रामरत्न उपाध्याय र इन्दिरा उपाध्यायमाथि एक करोड २५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग थियो।